माओवादीले ३२ वटा केन्द्रीय विभागलाई दियो पूणर्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका विभिन्न ३२ वटा केन्द्रीय विभागलाई पूणर्ता दिएको छ । आज बसेको स्थायी समिति बैठकले ३३ मध्ये ३२ वटा विभागमा प्रमुख पदको टुंगो लगाएको हो ।
बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा १ प्रतिष्ठान गठन गरेको हो । तीमध्ये ३२ विभागको नेतृत्व टुंगो लागिसकेको र एकको नेतृत्व टुंगो लाग्न बाँकी रहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महराले दिएको जानकारी अनुसार सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् । सबै विभाग र प्रतिष्ठान ३५ सदस्यीय रहेका छन् । जसअनुसार अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुनलाई चयन गरिएको छ । यसैगरी संगठन विभागको प्रमुखमा जनार्दन शर्मा, विदेश मामिला विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, उद्योग मामिला विभागमा वामदेव क्षेत्री, कृषि तथा भूमि सुधार विभागमा हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभागको नेतृत्व मात्रिका यादव चयन भएका छन् ।
यस्तै कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानव अधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ चयन भएका छन् ।
यसैगरी शहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत, साहित्य तथा कला विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला रहेका छन् । यसैगरी पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह रहेका छन् ।
स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल र स्कुल विभागको इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । साथै नीति अध्ययन प्रतिष्ठानमा रामचन्द्र झाको नेतृत्व रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया