वीरेन्द्रनगरबाट सात जना जुवाडे पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेकाे छ । वीरेन्द्रनगर-६ गाेदामलाईनमा रहेकाे हाेटल सम्राटबाट जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीकाे नेतृत्वमा गएकाे प्रहरी टाेलीले हाेटल सञ्चालक सुरेन्द्र शाहीसहित सात जनालाई प्रकाउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय सन्ताेष विसी, वीरेन्द्रनगर- १० का २५ वर्षीय हिक्मत याेगी, ९ का २४ वर्षीय ललित बस्नेत, ४ का २८ बर्षीय सुनिल शाही, ३ का २९ वर्षीय सुशान्त कुँवर र भेरीगंगा नगरपालिका-१२ का २६ वर्षीय अर्जुन पाैडेल छन् । प्रहरीले उनीहरूकाे साथबाट ७४ हजार ३७५ रूपैया नगद र तास बरामद गरेकाे छ ।

तपाईको प्रतिक्रिया