सुर्खेतमा दिउँसै खुकुरी प्रहार, चार जना घाइते

सुर्खेत । चाडपर्व लक्षित प्रहरीले कडा सुरक्षा व्यवस्था गरिएको दशैँ अगावै सार्वजनिक गरिसकेको छ । साविक सुरक्षाकर्मीभन्दा दोब्बर प्रहरीहरु परिचालन गरिएपनि सुर्खेतमा फेरि गुड्डा राज मौलाएको पछिल्लो घटनाले पुष्टि गरेको छ ।
कालुञ्चौकको खुडा प्रहार घटना मत्थर हुन नपाउँदै वीरेन्द्रनगरको धारापानीमा खुकुरी प्रहार गरेर घाइते बनाएको घटना सार्वजनिक भएको छ ।

वीरेन्द्रनगर–१ धारापानीमा दिउँसै खुकुरी प्रहार गर्दा चार जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार धारापानी बस्ने धन बहादुर नेपालीको श्रीमती बर्ष ७० वर्षीय पम्फा नेपाली र ४८ कि पिङ्की नेपालीलाई सोही ठाउँका युवाहरुले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट पम्फा, पिंकी र अन्य दुइ जना घाइते रहेकाे प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार खुकुरी प्रहारबाट पम्फाको टाउकोमा चार वटा टाँका लागेको र पिङ्कीको खुट्टामा चोट रहेको छ । घटनामा अन्य दुई जना सामान्य घाइते छन् ।

उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ । पम्फा, पिंकी, सोही ठाउँका दिपेश नेपाली र सन्देश नेपालीसँग सामान्य बादबिबाद हुँदा खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहार गर्नेमा सोही ठाउँका थमन बि.क., बिजय नेपाली लगायत ६ जना युवाहरुले धारिलो हतियार (खकुरी) प्रहार गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्रेष्ठले जानकारी दिए । घटना लगत्तै प्रहरी चौकी बाङ्गेसिमलबाट चार जनाको प्रहरी टोली घटनास्थलबाट खुकुरी बरामद गरेको छ । कुटपिट गर्ने व्यक्तिहरु फरार रहेकोले खोजतलास भई रहेको पनि प्रदेश प्रहरीले जनाएको छ ।नेपाली रैबार ।


तपाईको प्रतिक्रिया