
कालीकाेट । कालीकोटको राम्नेमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नेकी १८ वर्षकी स्मृती अधिकारीको ज्यान गएको छ ।
पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
स्थानीय विष्णुलाल अधिकारीको घरमा आज विहान घरमाथिबाट खसेको पहिरोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए । उनकाअनुसार पहिरोले घरमा क्षती पुगेको छ । घरमा अन्य सदस्य भने सकुशल रहेको शाहको भनाई छ ।


दर्शन खबर । २ कार्तिक २०७८, मंगलवार