
सुर्खेत । सुर्खेत बसपार्कमा नक्कली टिकट बेच्ने गिरोह शक्रीय रहेको पाईएको छ । दशैको चहलपहल बढे संगै बसपार्कमा नक्कली टिकट बेच्ने गिरोह सक्रीय रहेको हो । बसपार्कमा सुर्खेत भित्रीने र बाहिरीने यात्रुहरुको चाप बढे संगै माैका छोपी नक्कली टिकट बेच्ने गरेको पाईएको हो । कालिकोट जिल्ला घर भएका अनिपाल परियार शनिवार विहान काठमाडौँ देखी सुर्खेत बसपार्क पुगे र देउती नागरिक यातायातको टिकट काटे । टिकट काटे पछी टिकटमा लेखीएको गाडी नम्वर कालिकोट रुटमा नचल्ने पाईयो । उनका अनुसार हामि ३ जना थियौँ कालिकोट जानका लागी बसपार्कमा टिकटमा भएको गाडी नम्वर फेला परेन । यस्तै शनिवार विहान सुर्खेत देखी अछामका लागी टिकट काटेका केही यात्रुहरुले पनी टिकट अनुसार गाडी फेला पार्न सकेनन् । कालिकोटका अनिपाल परियार लगाएतले क्षती पुर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका छन् ।
यता बसपार्कमा देउती नागरिक यातायात प्रा.लि.लोगो र छाप बनाएर टिकटका लागि पुग्ने यात्रुहरुलाई दुई जना युवाहरुले नक्कली टिकट काटिरहेको सुचना पाए पश्चात यातायात व्यवसायीहरुले पक्राउ गरी सुर्खेत प्रहरीलाई बुझाएका छन् ।
पक्राउ पर्नेमा दैलेख आठविस नगरपालिका-४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर-६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार छन् । प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । सुर्खेत देखी अछाम सम्मका लागी दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले बसपार्कमा आफ्नो समितिको नाममा नक्कली टिकट जारी हुनु दुखी बनाएको बताए । सचिब खड्काले यात्रुहरुलाई देउती नागरिकको बसपार्कमा रहेको ८ नम्बर काउन्टरमै पुगेर टिकट काट्न अनुरोध गरेका छन् ।


दर्शन खबर । २५ आश्विन २०७८, सोमबार