डेढ करोडको लगानीमा वीरेन्द्रनगरमा आरवीडि कम्प्लेक्स संचालन


सुर्खेत । १ करोड ५० लाखको लगानीमा वीरेन्द्रनगरमा बनेको आरवीडि कम्प्लेक्स संचालनमा आएको छ ।
युवा व्यवसायी बिवेक खड्काले उक्त कम्प्लेक्स सञ्चालनमा ल्याएका हुन् । बिहिबार एक कार्याक्रमको आयोजना गरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देककुमार सुवेदीले संयुक्त रूपमा रिवन काटेर कम्प्लेक्सको उद्धघाटन् गरेका हुन् ।


संचालक खड्काका अनुसार नेपालमै उत्पादन हुँने तीन प्रकारका समानहरू कम्प्लेक्समा उपल्बध रहेका छन् । जस्मा गोल्डस्टार कम्पनिका जुताहरू सबै साइजका, न्युम्यु कम्पनिका चस्माहरू र सोनम कम्पनिका कपडाहरू रहेका छन् ।’ विवेकले आफ्ना हजूर बुबा टेकबहादुर खड्काको सपना पुरा गर्नको लागि हजूर बुबाको सल्लाह बमोजिम नेपाली ब्रान्डको बिक्री गर्ने बताए । त्यस्तै नगरप्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर भित्र नेपालमै उत्पादन हुँने बस्तुहरु एकै ठाउँमा पाउँने भएकोमा खुसी व्यक्त गरे । प्रमुख सुवेदीले यी समानहरु सँगै नयाँ समानहरु थप्दै जान र निरन्तता दिई टिकाई र बिकाई राख्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया