करारकै जनशक्तिबाट प्रदेश अस्पतालकाे उत्कृष्ट सेवा

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले करारको जनशक्तिको भर मा सेवा प्रदान गरेकाे छ । अस्पातालमा भएका स्थायी दर बन्दीमध्ये २२ प्रतिशत मात्रैपदपूर्ति भएको छ । प्रदेश अस्पतालमा उपलब्ध ३२५ दरबन्दीमध्ये ७२ जनाको मात्रै पदपूर्ति भएको छ । ११४ जना जनशक्ति करारमा नियुक्ति गरेर भएपनि सो अस्पतालले सन्तोषजनक सेवा दिन सफल भएको हो ।

स्थायी र करार गरी १८८ जना जनशक्ति रहेको यस अस्पतालमा अझै विभिन्न १३७ वटा पद रिक्त छन् । कर्मचारी अभाव भए पनि अस्पतालले उत्कृष्ट से वा प्रदान गर्दै आएको अस्पतालका निर्देशक प्रा.डा. डम्मर खड्काले बताए । अस्पतालले बिहान ९ देखि दिउँसाे ४ बजेसम्म ओपीडी सेवा दिँदै आएको, अत्याधुनिक मेसिन तथा औजारसहित विशेषज्ञ वार्डको सुरुवात गरेकाे उनले उल्लेख गरे ।

प्रदेश अस्पतालमा १५ जना प्रमुख कन्सल्टेन्ट डाक्टरको दरबन्दी रहेको भएपनि दुई जनाको मात्रै स्थायी पदपूर्ति भएको छ । विशेषज्ञ डाक्टर ३६ जनाको दरबन्दी भएपनि चार जनाको मात्र स्थायी पदपूर्ति भएको छ । अस्पतालले १३ जना विशेषज्ञ डाक्टरलाई करारमा राखेर सेवा दिइरहेको छ ।

यस्तै नर्सिङ अधिकृत दरबन्दी १२ जनामध्ये तीन जना स्थायी दरबन्दीबाट पदपूर्ति र आठ जना करारमा राखेर सेवा दिइएको निर्देशक खड्काले जानकारी दिए । न्युराे सर्जन सेवा, जटिल खालका घाँटी, ढाडलगायतका अप्रेसन अस्पतालले सुरु गरेकाे जानकारी दिँदै उनले अस्पतालमा बाल राेग, क्यान्सरका बिरामीको उपचार, मुटुका बिरामीको उपचार, एमआर आईलगायतका सेवा निकट भविष्यमा सुरु गर्ने तयारी भइरहेकाे उनकाे भनाइ छ । नेपाली रैबार 

तपाईको प्रतिक्रिया