करोड लगानीमा वीरेन्द्रनगरमा हाइमार्स लाईट सञ्चालनमा आयो

                                                                       फाेटाे समाजिक संजालबाट

सुर्खेत । वीरेन्द्रनगरका चौक चौकमा जडान गरिएका हाइमार्स लाइट सञ्चालनमा आएका छन् । उज्यालो वीरेन्द्रनगर र सुरक्षित वीरेन्द्रनगर बनाउने उदेश्यले लाइट जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । १७ देखी वीरेन्द्रचौक र यरिचौकका लाइट सञ्चालनमा ल्याइएको वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले नेपालीरैबारलाइ जानकारी दिए ।
दशैँ भन्दा अगाडीनै सबै लाइटहरु सञ्चालन गर्नेगरी काम भईरहेको र केही ठाउँका लाइटहरु आइतबार रातीदेखी सञ्चालनमा ल्याएको नगर प्रमुल शुवेदीले जानकारी दिए ।
दुई तीन ठाउँका लाइटहरु आईतवारबाट सञ्चालनमा आएका छन्, नियमित परीक्षण गर्दै सबै ठाउँका लाइट सञ्चालन गर्छौं ’ शुवेदीले भने ।
प्रदेश सरकार र नगरपालिकाको समन्वय तथा संयुक्त लगानीमा बजारका मुख्य चौकमा १२ ओटा हाइमार्स लाइट जडान गरिएको हो । लाइट सञ्चालन आएसँगै रात्रिकालिन शहरको सौन्र्दयता, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा राखेको मेयर सुवेदी बताउँछन् । लाइट निर्माणमा झण्डै एक करोड २० लाख बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया