एमालेमा ७० वर्षे उमेर हद , ओलीलाई अध्यक्ष बन्न ‘कम्फर्टेबल’!

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखेको छ।

एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था सुनाउँदै यस्ताे व्यवस्था गरिएकाे बताए। एमालेले अध्यक्ष ओलीलाई सहज हुनेगरी उमेर हद कायम गरेको हो।

पौडेलले भने, ‘उमेर हदको बारेमा कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पुगे पनि काम गर्न पाउने व्यवस्था गरेको छ।’

उमेर हद कायमै भएपछि मंसिरमा हुने महाधिवेशनले ओलीलाई छेक्दैन। ओली २००८ साल फागुन ११ मा जन्मिएका हुन्। अध्यक्षमा निरन्तरता दिनको लागि ओलीलाई मंसिरमै महाधिवेशन गर्न बाध्यता छ। नवौं महाधिवेशनबाट कार्यकारी पदमा ७० वर्षे उमेर हद लागू गरिएको थियो। यस्तै, कार्यकारी पदमा कुनै एउटा व्यक्ति दुई पटक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरेको उनले बताए।

तपाईको प्रतिक्रिया