मुसीकोटमा एयरलाइन्सले उडान भर्न थाल्यो


रुकुम पश्चिम । मुसीकोट नगरपालिका-१ सल्ले विमानस्थलमा निजी पनि एयरलाइन्सले उडान भर्न थालेको छ । नेपाल वायु सेवा निगमका मात्रै जहाजले उडान भर्ने मुसीकोट नगरपालिका-१ सल्ले विमानस्थलमा निजी एयरलाइन्सले उडान भर्न थालेपछि नेपालगन्ज र काठमाडौ आउजाउ गर्ने यात्रुलाई सुविधा भएको छ । यसअघि सातमा मुस्किलले एउटा मात्रै उडान हुने विमानस्थलमा यात्रुले चाहेकै बेला जहाज चढ्ने सुविधा पाएका छन् ।
सल्ले विमानस्थलमा नेपाल एयरलाइन्ससहित यति र समिट एयरले उडान भर्न थालेका छन् । अहिले सल्ले विमानस्थल मंगलबार र शनिबार मात्रै खाली रहन्छ । हप्ताको ५ दिन उडान भइरहेको छ । कहिलेकाहीँ त सातामा सातै दिन उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सले सातामा ३ दिन उडान भरिहेको छ भने यति र समिटले २ दिन फ्लाइट गरिरहेका छन् ।
अहिले नेपाल एयरलाइन्सले आइतबार काठमाडौं-सल्ले-नेपालगन्ज र सोमबार नेपालगन्ज-सल्ले-काठमाडौं उडान भरिरहेको छ ।
त्यस्तै, बिहीबार नेपालगन्ज-सल्ले-काठमाडौं उडान भर्दै आएको एयरलाइन्सले जनाएको छ । समिट एयरले सातामा दुई दिन आइतबार र बुधबार उडान भर्दै आएको छ । आइतबार नेपालगन्ज-सल्ले-काठमाडौं र बुधबार काठमाडौं-सल्ले-काठमाडौं उडान भर्ने गरेको एयरलाइन्सले जनाएको छ । यति एयरले बुधबार र शुक्रबार उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया