जनकल्याणको २५ वर्षे स्मारिका विमोचन

सुर्खेत । वीरेन्द्रनगरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारीले २५ वर्ष पूरा गरेको छ । २६ औं बार्षिक साधारण सभाको आयोजना गरेको संस्थाले आफ्नो २५ वर्षे अन्तररालमा गरेका गतिविधिहरूसहितको स्मारिका विमोचन समेत गरेको हो । स्मारिकाको राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले विमोचन गरेका छन् ।

योगीकाअनुसार सहकारीले गरेको गतिविधिले सहकारी अभियानलाई अगाडी बढाउन सहयोग पुर्‍याएको भन्दै प्रंशसा गरे । २०५२ सालमा स्थापना भएको संस्थाले यो अवधिमा कुल दुई हजार चार सय शेयर सदस्य र २१ करोड पूँजी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । संस्थाले १८ करोडभन्दा बढी ऋण लगानी र १६ करोड बढी बचत संकलन गरेको जनाएको छ ।

सहकारीले हाल वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका जनतालाई वित्तिय सेवा प्रदान गरिरहेको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले जानकारी दिए । उनकाअनुसार २०७७ सालमा प्रदेशकै उत्कृष्ट वचत तथा ऋण सहकारीको पुरस्कार पाएको संस्थाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनकाअनुसार असोज १४ गतेबाट क्षेत्रगत रुपमा सदस्यहरुको उपस्थितिमा सुझाव संकलन गरिरहेको छ । यो अभियान यहीँ १८ गतेसम्म जारी रहने र १९ गते सुझावाहरुमाथि छलफल गरेर साधारण सभाले निणर्य प्रमाणिकरण र समापन गर्ने उनको भनाई छ । संस्थाले साधारण सभाको पूर्व सन्ध्यामा रक्तदान लगायतका कार्यक्रम गरेको थियो ।


तपाईको प्रतिक्रिया