पैरवी क्षमता सम्वन्धी गोष्ठी सम्पन्न

सुर्खेत । सुन्दर नेपाल संस्थाको संस्थागत पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धी तिनदिने कार्यशाला गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
बुधबारदेखी सुरु भएको गोष्ठीमा हाल सम्म संस्थाले हालसम्म गर्दै आईरहेको पैरवी र त्यसको अवस्थावारे कार्यात्मक छलफल भएको थियो ।
पैरवी क्षमताका सुचकहरुका आधारमा गरीएको विश्लेषणमा संस्थाले अहिले सम्म गरेको कामको मुल्याकंन र मापन गरीएको थियो ।
छलफलमा संस्थाद्धारा संचालित विभिन्न कार्यक्रमलाई पैरवीसंग जोडेर अगाडी लैजानुपर्ने आवश्यकता महशुस गर्दै त्यस्तो गर्न सकिए दिर्घकालिन रुपमा वर्ग, क्षेत्र र समुदायलाई प्रभाव पार्ने निष्कर्ष निकालिएको थियो ।
यसैगरी कार्यक्रममा संस्थागत रुपमा आगामी दिनमा विभिन्न सवालहरुको पैरवी गर्न कार्य योजना पनि निर्माण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण एफएचआई ३६० का क्षमता विकास अधिकृत विकास प्याकुरेल साथै नेपाल सहभागिमुलक कार्य समुह (नेपान) का क्षमता विकास विज्ञ गोविन्दराज पौडेल र कार्यक्रम अधिकृत दिवेश सायमीले गरेका थिए ।
युएसएआईडी र एफएचआई ३६० को सहयोगमा सुन्दर नेपाल संस्थाले संचालन गरेको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत संचालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष लगायत पदाधिकारी, प्रमुख सल्लाहकार, कार्यकारी निर्देशक र परियोजनासंग सम्वन्धित साथै अन्य कर्मचारीहरु सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया