
सुर्खेत ।
बुधबार सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चौकमा अनियन्त्रित भएर दुर्घटना हुँदा सात जना भन्दा बढी घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार गरि उपचारकालागि प्रदेश अस्पताल कालागाउँमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।
उनकाअनुसार गाडीमा २१ जना यात्रु सवार थिए । तिमध्य अधिकाँश सामान्य घाइते रहेको र चार जनाको अवस्था गम्भीर रहेपनि घाइतेहरुको पहिचान खुलेको छैन् ।




दर्शन खबर । ३० भाद्र २०७८, बुधबार