एनआरएन अध्यक्षमा रबिनालाई सहयोग गर्ने जनसम्पर्क समितिको निणर्य

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रबिना थापालाई सहयोग गर्ने निणर्य गरेको छ ।
समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निणर्य गरेको हो ।
थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्य समेत हुन् ।
बैठकमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिको बारेमा बिभिन्न निणर्य भएका छन ।
बैठकले बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रियसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिने समेत निणर्य गरिएको छ ।
संघको अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि वर्तमान उपाध्यक्ष डा। बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया