नेटवर्क नहुँदा सास्ती खेप्दै गुराँसका नागरिक

टेकराज केसि ।
दैलेख ।
गुराँस गाउँपालिकाकाको केन्द्र रानिमत्ता र गुराँसे क्षेत्रमा नेटवर्कले काम नगर्दा नागरिकहरुलाई सुचना आदानप्रदानमा समस्या हुने गरेको छ ।
सरकारी स्वामीत्वमा रहेको नेपाल टेलिकमको नमस्ते र स्काई र निजि क्षेत्र प्रदायक कम्पनी एनसिएलले यस क्षेत्रमा काम नगर्दा नागरिकहरुलाई सुचना आदानप्रदानमा समस्या भएको हो ।
राज्यले आधारभुत कुराहरु पु¥याउन सक्नुपर्छ, त्यो अन्तरगत सञ्चार पनि एक हो, तर यो क्षेत्रमा नेटवर्कले काम नगर्दा हाम्रो लाखौको व्यापार घाटा हुने गरेको छ । एकजना स्थानीयले भने । गाउँपालिकाबाट अहिले थुप्रै कामहरु सम्पादन हुने गरेको भएपनि नेटवर्क समस्याकै कारण कामकाज गर्न समेत समस्या भएको गुनासो नागरिकहरुको छ ।
गुराँसे, रानिमत्ता क्षेत्रमा मात्र यो समस्या होइन् । गाउँपालिकाका अधिकांस ठाउँमा नेटवर्क समस्या हुने गरेको छ । यसको समाधान स्थानीय सकारबाट हुन नसकेको समेत स्थानीयले आरोप लगाइरहेको बेला गुराँस गाउँपालिकाले भने नेपाल टेलिकमलाई तत्काल यो समस्या समाधान गर्न भन्दै पत्रचार गरेको बताएको छ । तर नेपाल टेलिकमले भने कुनै सुनुवाई गरेको छैन् ।
गाउँपालिकाले दिएको पत्रमा सुनुवाई नहुनुको कारणबारे जानकारी लिन खोजिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए । यो समस्या समाधान नभए थुप्रै नोक्सान गाउँपालिकाले लिने देखिन्छ ।
यता, नेपाल टेलिकमले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन् । नेटवर्कको समस्या दैलेख जिल्लाभरकै समस्या हो । तर गाउँमै सबै सेवा पुग्ने अपेक्षा साथ बनाइएका स्थानीय सरकारहरुले समेत समस्या समाधानमा चासो देखाउन नसकेको नागरिकहरुको भनाई छ ।


तपाईको प्रतिक्रिया