
सुर्खेत । बालबालिकाहरुमा लगानी बढाएमात्र दिगो विकास हुनेमा कर्णालीका सरोकारवालाहरुले जोड दिएका छन् । सेभ द चिल्ड्रेनको सहयोग र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) कर्णाली प्रदेशको आयोजनामा सुर्खेतमा शुरु भएको बालबालिकामा लगानीका लागि आन्तरिक श्रोत परिचालन सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै सिजप कणर्ाली प्रदेशका संयोजक टिकाराम आचार्यले कर्णाली प्रदेशमा बाल अधिकार समिति गठन हुन नसकेको भन्दै यसमा तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाले बालबालिकामा लगानी बढाउन सरकारले नसकेको बताउँदै पूर्वाधार क्षेत्रमा मात्र लगानी बढाइएको बताए । सिजप अध्यक्ष मोहन डङ्गोलले द्वन्द्वका बेला बालबालिका शान्तिपूणर् वातावरणमा बाच्नुपर्छ भनेर शुरु भएको अभियानलाई निरन्तरता दिइएको बताउदै पछिल्लो समय बालबालिकाको प्रमुख समस्या भनेको लाग औषध दुव्र्यसनी रहेको बताए । यस्तै, कार्यक्रममा बोल्दै कर्णालीप्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्बराज खड्काले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी गर्न आवश्यक रहेको जिकिर गरे । बालबालिकामा लगानी अन्तरगत प्रदेश सरकारले शिक्षा र समाजिक क्षेत्रमा केही महत्वपूणर् कार्यक्रम कार्यान्वयनमा लिएको उनले जानकारी दिए । यसैगरी, सामाजिक विकास समितिका अध्यक्ष एवम सांसद देवी ओलीले कर्णाली प्रदेश सरकारले ल्याएका बालमैत्री कार्यक्रम आफुहरुकै दबाबमा आएको दाबी गरिन । उनले आफुहरुले संसदमा दबाब दिएरै विभिन्न कार्यक्रम पास गरिएको भन्दै केही कानुनको अभाब भने काम गर्न असहज भएको उल्लेख गरिन् ।


दर्शन खबर । २१ भाद्र २०७८, सोमबार