सुत्केरी व्यथा लागेकी कालीकोटकी एक महिलाकोे हेलिकोप्टरबाट उद्धार


सुर्खेत । सुत्केरी व्यथा लागेकी कालीकोटकी एक महिलाई हेलीकप्टरबाट उद्धार गरिएको छ ।
लामो समयदेखि सुत्केरी व्यथा लागेक राषकोट नगरपालिका वडा नम्वर ३ सागासटयाकी १८ वर्षीय संगिता सार्कीको उाद्धार गरिएको हो ।
संगीतालाई सुत्केरी व्यथा लागेपछि रास्कोटस्थित सिपखाना स्वास्थ्य चौकीमा सोमबार भर्ना गरिएको थियो ।
स्वास्थ्य चौकीले सुत्केरी गराउन नसक्ने भएपछि उनलाई बुधबार रास्कोट अस्पताल लगिएका थियोे । अस्पतालले उमेर कम भएकाले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उद्धार गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका राष्ट्रपति महिला उत्थान समन्वय इकाइका प्रमुख (उप–सचिव) गोमा पौडेल ढकालले जानकारी दिइन् ।
उनका अनुसार पालिका र स्थानीय प्रशासनले तत्काल उद्धार गर्न सझाव दिएपछी तत्कालै हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । सरकारले तत्काल हेलिकोप्टरबाट उद्धार गरेर आमा र बच्चाको ज्यान जोगिने अपेक्षा राखेको संगीताका श्रीमान जंग सार्कीले बताए ।
संगीतालाइ कर्णाली प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको छ ।