सिम्ताले ल्यायो ५० करोडको बजेट, अध्यक्ष स्वरोजगार कार्यक्रमका लागी २ करोड

सुर्खेत । सिम्ता गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी अध्यक्ष स्वरोजगार कार्यक्रम ल्याएको छ । यो कार्यक्रम संचालनका लागी २ करोड बजेट विनियोजन गरिएको छ ।
गाउँ सभाले आगामि आर्थिक वर्षको लागिको ५० करोड ८० लाख ३० हजार १ सय ५३ रुपैयाँको वजेट विनियोजन गरेको छ ।
यो गाउँ सभाको महत्त्वपूर्ण कार्यक्रम समेत रहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले वताए ।उनले प्रस्तुत गरेको निति तथा कार्यक्रममा युवा रोजगार र अध्यक्ष स्वरोजगार कार्यक्रमलाई महत्त्व दिएको छ ।
आगमि वर्षको वजेट प्रस्तुत गर्दै उपाध्यक्ष चन्द्रकला शाहीले आन्तरिक स्रोतबाट २ करोड ५ लाख,राजश्व बाँडफाँड ८ करोड ९९ लाख २४ हजार,संघीय सरकार सामानिकरण तर्फ १० करोड ७३ लाख,संघकै चालू तर्फ २३ करोड १२ लाख,संघकै पुजींगत तर्फ १ करोड,समपुरक ७० लाख,प्रदेश सरकार समानिकरण १ करोड १३ लाख,प्रदेशकै पुजिगत तर्फ १ करोड ५७ लाख,समपुरक १ करोड १५ लाखको स्रोत परिचालन हुने जनाएको छ ।त्यससँगै आगामि वर्षको खर्च तर्फ गाउँपालिकाको गौरवका आयोजना इन्द्र विसि फास्ट्र्याक र ऋृषि स्मृति चक्रपथको लागि २ करोड वहुवर्सिया योजना,चालू वर्षको अधुरा बाँकी काम रहेका योजना पुरा गर्नेका लागि १ करोड ५० लाख,खानेपानी सरसफाइ तथा एक घर एक धारा अभियानका लागि १ करोड,सोहि योजनाको विभिन्न निकायसँग साझेदारी अनुरुप १ करोड ८५ लाख,कृषि तर्फ ३५ लाख,पशु तर्फ २५ लाख,शिक्षा तर्फ १ करोड ६० लाख,स्वास्थ्य तर्फ १ करोड ४५ लाख,महिला तथा न्याय कानुनी तर्फ ३० लाख,सहकारी तथा आर्युर्वेद तर्फ १० लाख,कोभिड–१९ का लागि ४३ लाख ४१ हजार र वडास्तरको सिलिंग १५ लाखका दरले जम्मा १ करोड ३५ लाख वजेट व्यय तर्फ विनियोजन भएको जनाएको छ ।
यश वर्षको प्रधानमन्त्री स्वरोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको काम उत्कृष्ट भएकोले अध्यक्ष रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशाकिय अधिकृत टोपवहादुर रानाले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया