चाैकुने । सुर्खेतकाे चाैकुने गाउँपालीकाले ४८ करोड ७५ लाख ७० हजारकाे बजेट नगस सभामा पेश गरेकाे ५ ।
‘चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार भन्ने मुल नारा बाेकेकाे गाउँपालीकाले आर्थीक बर्ष २०७८-०८९ का लागी ४८ करोड ७५ लाख ७० हजार ल्याएको हो ।
नीती तथा कार्यक्रम यस्ताे छ ।
“चौकुने दिगो विकासको मुल आधार, सुशासन समृद्धि र पर्याप्त पुर्वाधार”
गाउँसभाका अध्यक्ष महोदय,
सभाका सदस्यहरु,
राष्ट्रसेवक कर्मचारीहरु र
उपस्थित सम्पूर्ण महानुभाबहरु
(१) चौकुने गाउँपालिकाको सम्मानित सभा समक्ष आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । देश निर्माण तथा राजनैतिक परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्दछु । राष्ट्रिय एकता, स्वाधिनता, लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको मार्गचित्र कोर्न संघर्ष गर्ने महान नेपाली नागरीक र सबल नेतृत्व गर्नुहुने सम्मानित व्याक्ति प्रति हार्दिक सम्मान व्याक्त गर्दछु । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्टको माहामारीमा ज्यान गुमाएका र अन्य कारणले निधन भएका नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । कोरोना संक्रमण भएका व्याक्तिहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछौ ।
(२) नेपाली जनताको लामो संघर्षबाट जनताको चाहना अनरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भएकको छ । लोकतान्त्रिक व्यवस्था र प्रणालीको बलियो जग निर्मााणका लागि हाम्रो व्यवस्था महत्वपूर्ण रहेको छ । समृद्ध नेपालः सुखी नेपाली हाम्रो रााष्ट्रिय ंअभियानलाई सार्थकता दिदै “चौकुने दिगो विकासको मूल आाधार ः शुसासन समृद्धि र प्रयाप्त पूर्वाधार” हाम्रो अभियानलाई सार्थक बनाउन हामी निरन्तर प्रयत्नरत छौं । यस अभियानमा सम्पूर्ण महानुभाबहरुको रचनात्मक र सकरात्मक सहयोगको अपेक्षा गर्दछु ।
(३) हामी निर्वाचित भएर जनताको सुख दुःखमा हातेमलो गर्दै विकासको लहरमा समाहित भएको चार वर्ष पुरा भै सकेको छ । चौकुनेको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण गाउँसभााका सदस्य, आम नागरिक, बुद्धिजिवी, उद्यमी, व्यवसायी, राष्ट्रसेवक कर्मचारी प्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछु । चौकुनेको सर्वाङ्गिण विकासका लागि गाउँपालिकलाई अग्रगामी पथमा लैजान पदप्रर्दशकको भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण आादरणी अग्रजहरुको योग्दानको उच्च सम्मान गर्दछौ ।
(४) चौकुनेका जनताको अपार तथा उत्साहपूर्ण सहभागिताको परिमाणले नै हामी उत्साहित भएका छौ । यो सरकार चाौकुने बासीको आाशा र भरोसाको केन्द्रबिन्दु हो । हामी चौकुनेका जनताले पाउने सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो भरपर्दो र गुणस्तरीय बनाउन हरपल प्रयत्नरत छौ । हाम्रो कामले नागरिकको मुहार उज्यालो पर्ने लक्ष्य रहेको छ । चौकुनेका नागरिकको सर्वोतम् हित र अग्रगामी प्रगतिका लागि यो सरकार कटिबद्ध रहेको व्यहोरा विश्वास दिलाउन चाहान्छु ।
(५) आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा हामीले नेपालको संविधान, संघीय सरकारको आ ब २०७८।०७९ को नीति तथा कार्यक्रम, कर्णाली प्रदेश सरकारको आ ब २०७८।०७९ को नीति तथा कार्यक्रम, स्थानीय सरकार सञ्चालन ऐन, आर्थिक ऐन बिनियोजन बिधेक, आर्थिक विधेक, माननीय ज्यूहरु, कार्यपालिका सदस्य, गाउँ सभाका सदस्य, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पेशा व्यावसायीहरु, संघ संस्था, बुद्धिजिवी, विषयगत शाखाबाट प्राप्त सुझाबलाई यथासम्भब मार्गदर्शनको रुपमा लिएका छौ ।
(६) अध्यक्ष महोदय
म अब चौकुने गाउँपालिकाको आ ब २०७७।०७८ को वार्षिक कार्यक्रमको कार्यान्वयन अवस्थाको संक्षिप्त समीक्षा सम्मानीत सभा समक्ष पेश गर्न चाहन्छु ।
(७) आ ब २०७७।०७८ को बजेट २०७७ अषाढ १० गते सभामा प्रस्तुत गरि अषाढ ११ गते पारित गरेका थियौ । चालु आ ब मा हामीलाई नेपाल सरकार सम्मानीकरण अनुदान १० करोड २ लाख, नेपाल सरकार राजश्व बाँडफाँडको रु ९ करोड ३८ लाख ५८ हजार ४ सय ८० रुपियाँ, कर्णाली प्रदेश सरकार सम्मानीकरण अनुदान १ करोड २ लाख ९६ हजार, कर्णाली प्रदेश सरकारबाट सवारी साधन बापतको करको बाँडफाँडबाट ६ लाख ७२ हजार र आन्तरिक आय २० लाख गरि जम्मा २० करोड ७० लाख २६ हजार ४ सय ८० रुपियाँ को बजेट बिनियोजन गरेका थियौं ।
(८) त्यसैगरी चौकुने गाउँपालिकाको प्राथमिकता क्षेत्र आर्थिक क्षेत्रको विकासका लागि रु७ करोड ७७ लाख ५६हजार, भौतिक पूर्वाधारको लागि रु ९ करोड ७० लाख ५९ हजार, शिक्षक तथा स्वास्थ्यका कर्मचारीको तलब भत्तासहित सर्सतको ठूलो रकमसामाजिक विकासको लागि २३ करोड ३४ लाख, सुशासन तर्फ रु १ करोड ६५ लाख ५८ हजार र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा रु. ९ करोड ७८ लाख ७६ हजार बिनियोजन भएको थियो ।
(९) सचेत नागरिक, कुशल कर्मचारी र सक्षम नेतृत्वका कारण हामीले चालु आ.ब. २०७७।०७८ का जम्मा ३४० योजनाहरुमा रकम विनियोजन भएकोमा कोरोना महामारीको कारण निशेधाज्ञा जारी हुँदा पनी स्वास्थ्य मापदण्ड पालन गरि गाउँपालिकाका सबै योजनाहरु सम्पन्न गरेका छौ ।
(क) सडक
चौकुने गाउँपालिकाले पूर्वाधार विकास क्षेत्रलाइ मुख्य प्राथमिकता दिदै आएको छ । किनभने, चौकुने गाउँपालिका सुर्खेत जिल्लाको पश्चिममा विकट क्षेत्रमा पर्ने गाउँपालिका हो । र पूर्वाधारका क्षेत्रमा हामी निर्वाचित भएर आएपछी शुन्य अवस्थाबाटै पूर्वाधारका काम सुरु गरेका थियौँ । चार बर्षको अवधीमा पूर्वाधारका धैरमा उल्लेख्य प्रगति भएको छ । सम्पूर्ण वडा कार्यालयसम्म मोटरबाटो पुर्याउन सफल भएका छौ । र विकटका सबै बस्तीहरुमा पनि मोटर बाटो पुगेको छ । सुगम क्षेत्रमा सबै टोल टोलमा मोटरबाटो पुर्याईसकेका छौँ । यी बाटाहरु अधिकांश ग्राभेल भैसकेका छन् र कतिपय बााटाहरु ग्राभेलको क्रममै छन् । यस विचमा गुटु घाटगाउँ सडक, घाटगाउँ विजौरा पुच्मा सडक, कुमाला तोक्षा मायाताल रानागैरा रेक्चा सडक, गुटु कोट कोइरालबास सडक, गुटु बास्पानी सडक, हुलाकीडाडा बल्दे शोभानचौर खारगाडी सडक, लगाम बोला धम्बु सडक, सिमलखेत बडासैन गैलु सडकहरु खन्ने काम सम्पन्न भएको छ । लगाम बेनीघाट मदन भण्डारी राजमार्गको मर्मत सम्भारको काम निरन्तर जारी राखेका छौ । लगाम, बेतान, विजौरा, घाटगाउँ, गुटुु, भित्र विभिन्न टोलहरु जोड्ने ठुलो संख्यामा सडकहरु निर्माण भएका छन् । मिलनचौक झकमके जुम्ल्याहामुल अमलटाकुरा हुँदै कोल्टीमोड सडकलाई संघिय सरकारको राजमार्गबाट गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने निति अन्तर्गत पारि कालोपत्रे गर्नका लागि संघिय सरकारसँग सम्झौता भईसकेको छ र आगामी बर्ष सो आयोजनालाई कार्यान्वयन गर्नका लागि पहल भईरहेको छ ।
चौकुने गाउँपालिकाको प्रशासनीक भवन दोश्रो तत्ला निर्माणाधिन अवस्थामा रहेको छ । ४ वटा वडा कार्यालयहरु वडा नं. १, ५, ७ र ९ का भवनहरु निर्माणधिक अवस्थामा रहेको र आधाआधी निर्माण भईसकेको अवस्था छ ।
(ख) खानेपानी
झ्यालेकाँडा बृहत खानेपानी आयोजनाको पाइप लाइनको काम करिब अन्तीम चरणमा पुगेको छ । उक्त खानेपानीबाट एक घर एक धारा नितिलाई कार्यान्वयन गर्न पानीको श्रोतको कमीका कारण समस्या पैदा भएकाले थप श्रोत जुटाई निति कार्यान्वयन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विशालबजारको खानेपानीको समस्यालाई ध्यानमा राखी संघिय सरकार, प्रदेश सरकार र गाउँपालिका मिलि डिप बोरिंग लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त डिप बोरिंगबाट करिव विशालबजार तथा यसका आसपासका करिब १५० घरधुरीलाई खानेपानी पुगेको छ ।सान्नेघारी सोलार लिफ्ट आयोजना प्रदेश सरकारको विशेष अनुदान र चौकुने गाउँपालिकाको संयूक्त लगानीमा उक्त आयोजना करिब अन्तिम चरणमा पुगेको छ र यसले १७५ घरधुरीलाई खानेपानी पुर्याउने भएको छ । यस काममा सहजीकरणको भूमिका सुन्दर नेपाल संस्थाले गरिरहेको छ । घाटगाउँ बृहत खानेपानी आयोजनाको लिफ्टींक परिक्षण सफल भएको छ । यसलाई थप व्यवस्थीत गरि घरघर धारा लिने कार्यका लागि काम भईरहेको छ । यसबाट करिब ७।८०० घरधुरी लाभान्वीत हुनेछन् । वडा नं. ६ को घुतघुते चौकुने लिफ्ट खानेपानीको निर्माण कार्य अगाडी बढीरहेको छ । ठेकादारको कारणले गर्दा ढिलासुस्ती भईरहेकोले थप दवाव दिनेका साथ पनि अगाडी जानुपर्ने अवस्था सिर्जना भएको छ ।रेक्चा खानेपानीको १ करोड ७२ लाखमा टेण्डर भई उक्त कार्य दु्रत गतिमा अगाडी बढीरहेको छ । वडा नं. ३ बास्पानी खानेपानी आयोजनाको काम पनि अगाढी बढीरहेको छ । र साथै उत्तः वडामा रहेको गज्यांग खानेपानी सम्पन्न भएको छ । उक्त आयोजनाबाट एक घर एक धारा वितरण भईसकेको छ ।वडा नं. २ मा रहेको लामाखेत बोला खानेपानी आयोजनाको काम अगाडी बढीरहेको र सम्पन्न हुन बाँकी रहेको छ । वडा नं. १ को टिमीलाखेत खानेपानी आयोजना सम्पन्न भईसकेको छ ।
(ग) सिचाई
वडा नं. १० कुमाला लिफ्ट सिचाई योजना सम्पन्न भईसकेको छ । वडा नं. ३ जामुने भित्रिवन सिचाई कुलो र वडा नं. १ को काप्रापानी गैलु सिचाई कुलोको टेण्डर भई कार्य अगाढी बढीरहेको छ । मुख्यमन्त्री रोजगारबाट वड नं. ७ स्थित जुम्ल्याहामुल डाडापनाला ज्युनेरीताल सान्नेघारी सिचाई कुलो र वडा नं. ६ को गाडखोला खोप्री सिचाई कुलोको काम सम्पन्न भईसकेको छ ।
लघु जलविद्युत
काप्रापानी लघु जलविद्युत आयोजना उपभोत्ता समितिसँग सम्झौता भई काम अगाडी वढीरहेको छ । वडा नं. ८ किथौरे, वडा नं. ४ विजौरा, वडा नं. १ र २ मा पर्ने लिम्बुखोलामा पुलको सामाग्री खरिदको लागि टेण्डर भईसकेको र कोभिड १९ को बन्दाबन्दीका कारण ठेकेदारले सामाग्रीहरु दिन ढिलो गरिरहेको छ ।
- ९.२ सामाजिक विकास तर्फ
(क) स्वास्थ्य
वडा नं. ४ चौकुने अस्पतालको २० करोड ६३ लाखमा टेण्डर गरेको र उक्त आयोजना किरातेश्वर । अविसा विकोन जेभी काठमाण्डौ लाई परी सम्झौता हुने क्रममा रहेको छ । वडा नं. १, ५, ७, ६ र ९ मा आधारभुत स्वास्थ्य केन्द्रको भवनका लागि टेण्डर भएको र ४ ओटा स्वास्थ्य इकाईहरुको भवनको काम अन्तीम चरणमा पुगेको र वडा नं. ९ को भवन रागका जनताहरुबाट अवरोध भएकाले सो भवन अलपत्र परेको छ । यी पाँचैओटा स्वास्थ्य इकाईमा १ जना अहेव १ जना अनमी र १ जना कार्यालय सहयोगी नियूक्ती गरि कार्य प्रारम्भ गरिएको छ । र सामूदायीक स्वास्थ्य ईकाई लगाम, शाोभानचौर, पुच्मा, कुमाला र कोइरालबास गरी ५ ओटा सामूदायकि स्वास्थ्य ईकाइमा १।१ जना अहेव र कार्यालय सहयोगी नियूक्त गर्नुका साथै लगाम सामूदायीक स्वास्थ्य इकाई र पुच्मा सामूयाीक स्वास्थ्य इकाईमा १। १ जना अनमी पनी नियूक्ती भई सेवा प्रारम्भ गरिएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कामहरु बुँदागत रुपमा प्रस्तुत गरिएको छ । - १० जना स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा नाक कान घाटी सम्वन्धि तालिम दिईएको ।
- २० जना स्वास्थ्य चौकी ,आधारभुत र सामुदायीक स्वास्थ्य इकाईका स्वाँस्थ्यकर्मी लाई डि.एच.आई.एस. तथा खोप सम्वन्धि तालिम दिईएको ।
- चौकुनेका ३० जना स्वास्थ्यकर्मी तथा स्वयं सेविकालाई सम्मान गरिएको ।
- १० वटा विद्यालयमा बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम लागु गरिएको ।
- ११३ जना चौकुनेका बासिन्दालाई मोतिबिन्दु अप्रेशन गरिएको ।
- गुटु स्वास्थ्य चौकीमा परिवार नियोजन शिवीरमा २३ जनाले सेवा दिईएको ।
- सम्पुर्ण स्वास्थ्यकर्मीको लागि बृहत पोषण तालम सम्पन्न गरेको ।
- १३०६ जनाले कोरोना खोप बिरुद्धको खोप लगाएको ।
- कानको शिविर गुटु बिजौरा र घाटगाउँमा सञ्चालन भई २३८ जनाले सेवा पाएको ।
- विश्वभरी महामारीको रुपमा फैलीएको कोरोना भाइरसले आक्रान्त भनाईरहेको सन्दभर्म यस गाउँपालिकामा उक्त महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न गरिएका गतिविधीहरु प्रस्तुत गरिएको छ ।
- आवश्यक सामाग्री (भेन्टीलेटर ,अक्सीजन औषधि) ब्यवस्थापन गरिएको ।
- कोरोना अस्पताल ,आइसोलेशन र जनशक्तिको ब्यवस्थापन गरेको छ । सरकारी तथा गैर सरकारी तवरले पनि जनचेतनात्मक सन्देशहरु हरेक नागरिक समक्ष पुर्याएको छ ।
- चौकुने गाउँपालिकाले एक वटा कोरोना अस्पताल संचालन गरिएको ।
- ५० बेड र आईसोलेशन सेन्टर २४ औं घण्टा सेवा दिनेगरि कर्मचारीको ब्यवस्थापन गरेर संचालन गरिएको ।
- कोरोना नियन्त्रण तथा रोकथामका लागि पलिकाले गरेको परिक्षण तथा नतिजा प्रस्तुत गर्न चाहान्छु ।
- पि.सी.आर.३१० जसमध्ये २०५ पोजेटिभ (६७प्रतिशत)
- एन्टीजेन ९५ जना जसमध्ये ४१ जना पोजेटिभ (४३ प्रतिशत)
- पालिकाको आईसोलशनमा २६ जनाले उपचार लिएका थिए भने उपचारकै क्रममा ३ जनालाई प्रदेश अस्पतालमा रेफर गरिएको छ । बाँकी २३ जना निको भई घर पठाईएको छ ।
- होम आईसोलेशनमा रहेका २२० जनामा १ जना स्यमं नै प्रदेश अस्पताल उपचारका लागि जानु भएको तथ्याक रहेको छ ।
- यस गाउँपालिकामा कोरोनाबाट मृत्यु ३ जना भएको प्रमाणित भएको छ । जसमध्ये चौकुने ८ वडाका बृद्ध कलाधर सापकोटा, वडा नं. ६ का शेर वहादुर सिजाली र वडा नं. १० का जगत बहादुर शाही रहेका छन ।
- बिरामीका साथै कुरुवालाई र ड्युटी स्वास्थ्यकर्मीका लागि निशुल्क खाना, नास्ता, बास, औषधि र वाईफाईको ब्यवस्था गरिएको छ ।
- २४ सै घण्टा विरामीका लागि अक्सिजनको अभाव हुन दिईएको छैन ।
- पछिल्लो समयमा चौकुनेका सम्पुर्ण वडाका समुदायले कोरोना टेष्ट गराउने हेतुले ५ वटै स्वास्थ्य चौकीमा कोरोना पत्ता लगाउन एन्टीजेनको तालीम तथा सामाग्री ब्यवस्थापन गरिएको छ ।
- आउँदा दिनमा कोरोनाको बिभिन्न वेभ संग चुनौति गर्नका निम्ती स्वास्थ्यकर्मी एलर्ट अवस्थामा रहुनका साथै जनसमुदाय, बिभिन्न सरोकारवाला निकाय सतर्क रहन जरुरी देखिन्छ । ब्यापकरुपमा जनचेतनामुलक सन्देश दिनुका साथै अवलम्वन गराउन आवश्यक रहेको छ । औषधि ,अक्सीजन, बेड, तालिम प्राप्त स्वास्थ्यकर्मी सधै उपलब्धता हुनु जरुरी छ ।
(ख) शिक्षा
वडा नं. १ प्रावि तालागाउँ, आ.वि धामीसैन, नेरा मावि लगाम, आ.वि. शोभानचौर, सरस्वती मावि घाटगाउँ, आवि खारगाडी, जगन्नाथ मावि विजौरा, लालीगुराँस आवि रानागैरा, आवी भट्टेसरा, मावि जिवनज्योति गुटु ,आवि किथौरे, आवि विरगौडामा भवनहरु निर्माणधिक अवस्थामा छन, शिशु आवि जुम्ल्याहामुल, ६ कोठे भवन सान्नेघारी, ज्युनेरीताल ४ कोठे भवन र सरस्वती मावि २ कोठे भवन सम्पन्न भईसकेका छन् । सरस्वती मावि घाटगाउँ र आवि कोइरालबसमा पक्की शौचालयको काम सम्पन्न भईसकेको छ । र मुख्यमन्त्री रोजगारको कार्यक्रमबाट देवस्थल मावि कुमाला र विरगौडा आविमा पक्की पर्खाल निर्माणको काम सम्पन्न भईरकेको छ । कोरोना महामारीका कारण अवरुद्ध भएको पठन पाठनलाई निरन्तरता दिन टोल शिक्षा अभियान संचालन गरि पूर्व प्राथमिक र कक्षा १ का विद्यार्थीहरुलाई रंगिन पाठ्य पुस्तक छपाई गरि वितरण गरिएको छ । विद्यार्थीको शारिरीक, मानसिक र बौद्धिक क्षमताको विकास गराउन अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु संचालन गरिएको छ ।माध्यमिक र आधारभुत तहका विद्यालयहरुमा १४ वटा शिक्षण सिकाई अनुदानका कोटा वितरण गरि पठन पाठनमा सहजता ल्याइएको छ । भाषा आयोगको सहकार्यमा मगर भाषाा निति निर्माण गरि पाठ्यपुस्तक प्रकाशित गरेका छौँ । युवा तथा खेलकुदमा युवाहरुको आकर्षण बढाउनका लागि चौकुने खेलग्राम, वडा नं.१ को पिपलकुन्टामा खेलमैदान निर्माण, वडा स्तरिय भलिवल प्रतियोगिता र अध्यक्ष कप भविवल र राष्टपती रनिंग शिल्ल प्रतियोगिताहरु सम्पन्न गरेका छौँ ।
९.३ महिला, बालबालिका तथा जेष्ठ नागरिक
अपाङ्ग परिचय पत्र वितरणका लागि १० वडामा घुम्ती शिविर संचालन गरि ‘‘क’’ बर्गका ४५ जना, ‘‘ख’’ बर्गका १४० जना, ‘‘ग’’ बर्गका ६४ जना र ‘‘घ’’ बर्गका ३९ जना गरि जम्मा २८८ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेका छौँ । अनाथ र अपांग बालबालिकाहरुलाई शिक्षाको ज्योतिबाट बञ्चीत नहुन दिन सिद्धेश्वरी मावि सान्नेघारी र जीवन ज्योति मावि गुटुमा आवासीय विद्यालय संचालन गरेका छौँ । महिला सचेतना कार्यक्रमहरु, आयआर्जन सिपमुलक कार्यक्रमहरु संचालन गरेका छौँ । जेष्ठ नागरिक सम्मान, न्यानो कपडा र रेडीयो वितरण कार्यक्रम सम्पन्न गरेका छौ
९.४ सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र ः
(क) कानुन तथा न्याय
न्यायीक समितिबाट विभिन्न विवादित मुद्धाहरु निरुपण भएका छन् जम्मा मुद्धा सँख्या ४५, विवाद निरुपण भएको सँख्या ३८ र ७ मुद्धा निरुण हुन बाँकी रहेका छन् । भौगोलिक विकटताको कारण न्यायीक समिति समक्ष छिटो पुहुँच पुर्याउनका लागि न्यायीक समिति कानुन तथा कार्यविधी पारित भईसकेको छ ।
(ख) शान्ती तथा सुव्यवस्था ः
यस क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउन चौकुने गाउँपालिकाको पहलकदमीमा वडा नं. ८ स्थित विशालबजारमा शसस्त्र प्रहरी वेश क्याम्पस्थापना गरेका छौँ ।
(ग) अनुगमन तथा मूल्यांकन ः
यस आ.ब. मा संघ, प्रदेश र स्थानीय तहबााट विनियोजित भएका बजेटमा समाबेश भएका योजनाहरुको प्रभावकारीता, पारदर्शीता र गुणस्तरियता कायम गर्न वडास्तर र गाउँपालिकास्तरबाट नियमित अनुगमन मूल्यांकन गरेका छौँ । गाउँपालिका र वडाबाट प्रवाह गरिने सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन कर्मचारीलाई तालिमहरु संचालन गरेका छौ । चौकुने गाउँपालिकाको समग्र बस्तुस्थिती चौकुने बासी र आम नेपाली नागरिकले थाहा पाउन र आवश्यक योजनाहरु निर्माण गर्नका लागि आधारविन्द्र निर्माण गर्नका लागि डिजीटल भेलेल प्रोफाइल तयार गरि त्यसैका आधारमा आवधीक योजना तयार गरि कार्यान्वयनको चरणमा रहेको छ ।
९.५ आर्थिक विकास ः
(क) कृषि
यस गाउँपालिकामा कृषिको विकास र जनताहरुको आर्थिक उन्नतीका लागि कृषि सम्बन्धि तालिमहरु, हिँउदे घाँस, विभिन्न उन्नत जातका फलफुलका बेर्नाहरु बोटविरुवाहरु, घाँसहरु, कृतिम गर्भाधाारण, आन्तरिक र वाह्य परजिवीहरुको लागि पशुरहरुको स्वास्थ्य सुरक्षाका लागि औषधीहरु वितरण गरेका छौँ । विभिन्न किसिमका विऊ विजनहरु वितरण गरेका छौँ । लागत साझोदारीमा बाख्रा प्रवद्धन कार्यक्रमका लागि चौकुने वडा नं. १० मा २५० घरधुरीलाई २५० वटा बाख्राहरु वितरण गरिएको छ । र साना बाखा व्यवसायीक उत्पादन केन्द्र (पकेट) कार्यक्रममा ३० ओटा खोर सुधार, ३० ओटा टाट्नो निर्माणको काम भईसकेको छ । र आगामी चरणमा १२० वटा स्थानीय जातका बाख्रा, ५ वटा बोकाल्याउनका लागि सम्झौता भई ल्याउने चरण छौँ ।
(ख) उद्योग
वडा नं. ५ स्थित मायातालमा औधोगिक ग्रामको कार्य अगाडी बढीरहेको र कम्पाउण्ड निर्माणको काम भईरहेको र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन पासका लागि मन्त्रालयमा पेश भएको छ । व्यवसाय र उद्यमशिलता विकास गरि जनताको आयस्तर बढाउन मेड्पा कार्यक्रम मार्फत ८० जना नयाँ र ४० जना पुराना उद्यमीहरुलाई सिलाई कटाई खाजा नास्ता तरकारी उत्पादन र बाख्रा पालन व्यवसायको तालिम प्रदान भईरहेको छ ।
(ग) भूमी व्यवस्था
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरुको समस्या समाधान गर्नका लागि नेपाल सरकार भूमि सम्बन्धि समस्या समाधान आयोग सँग समन्वय गरि देशभरीका १४ वटा स्थानीय तहहरुसँगको समझदारी गर्ने क्रममा यस गाउँपालिकालाई पनि समावेश गरी लगत संकलन (४१६०) लगत प्रविष्टी भर्दै वडा नं. ६ र ८ बाट जग्गा नाँप नक्सांकनको कार्य निरिन्तर रुपमा चलिरहेको छ । र उक्त कार्यका गाउँपालिकाले कार्यविधि अनुसार जनशक्ति छनौट गरेको र साथै थप जनशक्ति नापी विभागबाट पठाई फिल्डको नाँपजाचको काम अगाडी बढीरहेको छ ।
(१०) अध्यक्ष महोदय,
अव म आगामी आ.व.०७८।०७९ को बजेट सिमा उल्लेख गर्ने अनुमति चाहन्छु ।
आन्तरिक आय २० लाख, नेपाल सरकार राजश्व वांडफांडबाट प्राप्त आय ९ करोड ४५ लाख १० हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १० करोड ३८ लाख, कर्णाली प्रदेश सामानीकरण अनुदान १ करोड ८ लाख ९६ हजार, कर्णाली प्रदेश सरकारबाट सवारी साधनको वांडफांड वापत प्राप्त हुने आय ५ लाख ५२ हजार गरी जम्मा २१ करोड १७लाख ५८ हजार बजेट सिमा प्रस्तुत गर्दछु ।
त्यसै गरी ससर्त अनुदान तर्फ चालु २० करोड १२ लाख,विशेष अनुदान पुजीगत १ करोड २१ लाख,संघिय सरकारबाट विशेष अुनुदान १ करोड ६६ लाख गरि जम्मा २२ करोड ९९ लाख र समपुरक अनुदान पुजीगत २ करोड ६९ लाख १२ हजार,समपुरक अनुदान १ करोड ६० लाख र विशेष अनुदान ३० लाख गरि ४ करोड ५९ लाख १२ हजार कर्णालीप्रदेश सरकार गरि कुल जम्मा २७ करोड ५८ लाख १२ हजार रहेको छ ।
हाल हाम्रा सामु धेरै आवश्यकता छन् । सिमित स्रोत साधनको उचित उपयोग गरी हाम्रा प्राथमिकता प्राप्त योजनामा प्रभावकारी रुपमा कार्यान्वयन गर्नु नै हाम्रो कर्तव्य हो ।
(११) अध्यक्ष महोदय,
अव म आ.ब. ०७८।०७९ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चहान्छु ।
(१२) बजेटका उद्देश्यहरुलाई निम्नानुसार प्रस्तुत गर्न चाहन्छु ।
(क) कोभिड १९ कोे रोकथाम र नियन्त्रण गर्ने,
(ख) रोजगारका अवसरहरु सिर्जना गर्ने,
(ग) भौतिक पुर्बाधारले सम्पन्न चौकुने निर्माण गर्ने,
(घ) आर्थिक समृद्धि गर्ने,
(च) मानव संशाधनको विकास गर्ने,
(ज) कृषिको व्यवासायीकरण तथा औद्योगिकरण गर्ने ।
(झ) अपुरा योजनाहरु सम्पन्न गर्ने ।
(झ) सार्वजनिक सेवा प्रवाहको गुणस्तर वढाउदै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गरी सुशासन कायम गर्ने ।
(१३) आर्थिक बर्ष ०७८।०७९ को बजेटका प्राथमिकताहरु निम्नानुसार प्रस्तुत गरेको छु ।
(क) कोभिड १९ दोस्रो भेरिएन्टको रोकथाम, नियन्त्रण गर्न स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य परिक्षण व्यवस्था, कोरोना अस्पताल, आईसोलेसन सेन्टरको व्यवस्थापन, कोरोनाका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन, कोरोना नियन्त्रणमा अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी प्रोत्साहन गर्ने ।
(ख) उद्यम गर्न चाहाने युवाहरुलाई रोजगारी प्रदान गर्न अध्यक्ष उद्यमशिलता कार्यक्रम, सिपमुलक तालिम, पालिकास्तरका आयोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका रोजगारी सिर्जना हुने कार्यक्रमका माध्यमबाट रोजगारी सिर्जना गर्ने ।
(ग) सडक, खानेपानी, सिचाई, उर्जा, विद्यालय भवन, स्वास्थ्य संस्था भवन, गाउँपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन जस्ता भौतिक पुर्वाधारको निर्माण गर्ने ।
(घ) कृषि, बन, जडिबुटी, पर्यटन र उद्योग तथा सहकारीको विकास गर्ने ।
(ङ) शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्ने ।
(च) शान्ति सुरक्षा र सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि गर्दै नागरिकलाई शुसासनको प्रत्याभुति दिलाउने ।
(छ) पछि परेका महिला, दलित, जनजाती अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुको समतामुलक सशक्तिकरण गर्ने ।
(ज) स्थानीय सरकार संचालन सम्बन्धि आवश्यक कानुनहरु निर्माण गर्ने ।
(झ) चौकुनेको डिजिटल मार्गचित्र तयार गर्ने ।
(ञ) प्रशासन संयन्त्र र जनशक्तिको कार्यदक्षता वढाउन प्रशासनिक व्यवस्थापन र क्षमता विकास गराउने ।
(१४) बजेटका उद्देश्य हासिल गर्न र प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, कर्णाली प्रदेश सरकार, गैर सरकारी संस्था संग समन्वय, सहकार्य गरिनेछ । विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्दा प्रचलित एने नियम अनुसार कार्यान्वयन गरिनेछ । सडक निर्माण कार्य गाउँपालिकाका हेभि ईक्विपमेन्ट प्रयोग गरी कार्यविधि बमोजिम गरिनेछ ।
(१५) विकास निर्माणका काममा जनसहभागिता अभिवृद्धि गरी गुणस्तरीय कार्य सम्पादन र सामाजिक उत्तरदायित्व वहन गर्दै उपभोक्ता स्तरको योजनाहरुको दिगोपना, मर्मत सम्भारमा स्थानीय उपभोक्ताहरुलाई जिम्मेवार बनाईनेछ ।
(१६) विकासको साध्य समृद्धि हो । विकास गर्नु नै हाम्रो अन्तिम गन्तव्य हो । विकास जनताका लागि जनताको चाहानाको आधारमा गर्नु नै लोकतन्त्रको मर्म हो । लोकतान्त्रिक मुल्य मान्यता अनुसार विकासको अभियानमा सवै सरोकारवालाको सहभागिता गराई विकासमा नागरिक अपनत्व विकास गराईनेछ ।
(१७) स्थानीय सरकार सञ्चालनका लागि नेपालको संविधानले प्रदान गरेका अधिकारहरुको प्रयोग गरि आवश्यक थप नीति, नियम र कानुन निर्माण गरिनेछ ।
(१८) अभाव र गरीवीमा पिल्सीएका समूदायलाई स्वरोजगारमुलक कार्यक्रम र न्युनतम आधारभुत विकासका पूर्वाधारका माध्यमबाट सहयोग पु¥याईनेछ ।
(१९) हाम्रो समाजमा व्याप्त लैंगिक विभेदलाई अन्त्य गर्न छाउपडी प्रथा, बाल विवाह, बहुविवाह, जातीय भेदभाव विरुद्ध जनचेतनामुलक अभियान सञ्चालन गरिनेछ ।
(२०) सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, छिटो छरितो र नतिजामुखी बनाई जनविश्वास वढाईनेछ ।
(२१) कर तिरौं विकासको दर वढार्औ भन्ने नारालाइ सार्थकता दिन स्थानीय स्तरमा कर संकलनमा सहयोग जुटाई आन्तरिक आम्दानीका दिगोश्रोतको विकास गर्न राजश्व शाखालाई सक्रिय बनाईनेछ ।
(२२) विकास निर्माणका क्रममा अधुरा रहेका विभिन्न योजनाहरुलाई निरन्तरता दिई सम्पन्न गरिनेछ ।
(२३) रोजगारी र उद्यमशिलताको विकास गरि आय आर्जनमा वृद्धि गर्ने अध्यक्ष उद्यमशिलता कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
(२४) मानव सभ्यताको विकासका लागि अत्यावश्यकक भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिई सवै वडाहरुमा यातायातको पहुंच विस्तार गरिनेछ ।
(२५) सामाजिक परिचालनका लागि वडाका विभिन्न टोल वस्तीहरुमा टोलविकास संस्था गठन गरिनेछ । टोल विकास संस्थामा आम नागरिकको आवद्धताको लागि खुला सदस्यता नीति लिईनेछ ।
(२६) लक्षित वर्गको शसक्तिकरणका लागि तिनीहरुको आर्थिक, सामाजिक, मानसिक, शारीरिक र साँस्कृतिक विकासलाई टेवा पुग्ने खालका कार्यक्रम र अभियानहरु सञ्चालन गरिनेछ, साथै लक्षित वर्ग मैत्री विकासको अवधारण स्थापित गरिनेछ ।
(२७) समानता कायम गर्न पछि परेको वर्गलाई सकारात्मक विभेद गरी समतामुलक व्यवहार अपनाउदै त्यस्तो वर्गको शसक्तिकरणमा जोड दिईनेछ ।
(२८) जनताको जिवनस्तर सुधार गर्न व्यवसायिक सिपको जरुरी हुन्छ । स्वरोजगारमुखी विभिन्न सिपमुलक तालिम सञ्चालन गरी त्यस्ता व्यक्तिहरुलाई व्यवसायमा आवद्ध गराई वेरोजगारी न्युनीकरण गरिनेछ ।
(२९) गाउँपालिकाका सक्रिय उमेरका युवाहरुलाई स्वरोजगार बनाउने प्रकारका क्रियाकलाप सञ्चालन गरी सक्रिय जनशक्तिलाई गाउमा टिकाई गाउको विकासमा सहभागीता अभिवृद्धि गरिनेछ ।
(३०) गाउपालिकाका विषयगत शाखाहरुको क्षमता अभिबृद्धि गरि सेवा प्रवाहको गुणस्तर वढाउदै सेवाग्राहीको आकर्षण वढाईनेछ ।
(३१) गाउँपालिकाको समग्र अर्थतन्त्रको विश्लेषण गरी त्यसमा निजि क्षेत्रको योगदानलाई गरीवी निवारण र रोजगारी सिर्जना तर्फ प्रेरित गरिनेछ ।
(३२) सार्वजनिक चासो र सरकारी कार्यालयको गतिविधि र सूचनालाई आम नागरिकको पहुँचमा राख्न सूचनाको हकको प्रत्याभूति गरिनेछ ।
(३३) विभिन्न कला, संस्कृति र साहित्यको विकासका लागि आवश्यक योजना तयार गरि कला प्रेमी र साहित्य प्रेमीहरुलाई प्रोत्साहित गरिनेछ ।
(३४) चौकुनेका नागरिकलाई उद्यमशील र उत्पादनशील बनाउन आवश्यक नीति अवलम्बन गरिनेछ ।
(३५) उद्यमशीलता विकास गरी निजि क्षेत्रका उद्यमीहरुलाई सिप विकास, पूर्वाधार निर्माण, सेवा सहजीकरणका कार्यमा गाउपालिकाबाट सहयोग गरी एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ नीति अवलम्बन गरिनेछ ।
(३६) चौकुने गाउँपालिकामा बाहिरी लगानी भित्र्याउन लगानी मैत्री वातावरणका लागि आवश्यक नियम, कानुन तर्जुमा गरिनेछ ।
(३७) अन्तर स्थानीय तह समन्वय, सहकार्य र सह(अस्तित्वमा वढावा दिईनेछ ।
(३८) प्रदेश सरकार र संघीय सरकारसँग हाम्रो कार्यक्षमता र विशिष्टताको आधारमा विकासका लागि थप कार्यक्रम माग गर्न आवश्यक पहल गरिनेछ ।
(३९) चौकुने क्षेत्रभित्रका राष्ट्रिय र प्रादेशिक गौरबका बहुवर्षीय आयोजनाहरु सञ्चालन गरी चौकुनेको विकासमा थप योगदान पुर्याउन नेपाल सरकार, कर्णाली प्रदेश सरकार संग आवश्यक समन्वय सहकार्य गरिनेछ ।
(४०) चौकुने दिगो विकासको मुल आधार,शुसासन, समृद्धि र पर्याप्त पूर्वाधार भन्ने मुल नाराका साथ चौकुने सरकार सञ्चालन गरिनेछ ।
(४१) अध्यक्ष महोदय,
हाम्रा अनन्त विकासका आवश्यकता पुरा गर्न, कोभिड १९ संक्रमण नियन्त्रण गर्न, आम नागरिकहरुलाई रोजगारी अवसर सिर्जना गर्न सिमित बजेटबाट अत्यन्त कठिन छ । तथापि हामीले हाम्रा विकासका आवश्यकतालाई प्राथमिकीकरण गरी बजेटको परिधि भित्र रही वडा, विषयगत शाखा र विषयगत क्षेत्रका कार्यक्रमहरु समावेश गरेका छौं ।
(४२) समग्र चौकुनेको विकासलाई क्रमागत विकासको सिद्धान्तको आधारमा अघि बढाउने गरी बजेट विनियोजन गरेको छु ।
(४३) अध्यक्ष महोदय,
अब म क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आर्थिक विकासका लागि रोजगारी, उत्पादनमा वृद्धि र बजारीकरण हुन आवश्यक हुन्छ ।जनताको आर्थिक स्तर वृद्धिगर्न लगानी, आम्दानी र वचतमा बढावा दिन आवश्यक हुन्छ । उर्वर भूमि भएको यस गाउपालिकामा कृषि उत्पादनमा जोड दिइ उत्पादित वस्तुको बजारीकरणमा जोड दिइने छ । उपभोग तथा उत्पादन लागत घटाउन सहुलियत तथा सहजीकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ । चौकुनेको आय जनतालाई न्याय भन्ने आदर्श अनुरुप सार्वजनिक स्रोतसाधन वितरणमा सवै सरोकारवालाको समान पहुंच र न्यायमा आधारित प्रणाली अवलम्वन गरिनेछ ।
कृषि
(४४) आधुनिक खेती प्रणाली अपनाई उत्पादन बढाउन विउविजन वितरण गरिनेछ ।
(४५) तरकारी विकास कार्यक्रम सञ्चालन गर्दै वेमौसमी तरकारी उत्पादन, निकासी, आय आर्जनमा बृद्धि गर्न कृषकहरुलाई प्रोत्साहन र सहजीकरण गरिनेछ ।
(४६) फलफुल उत्पादनलाई अभियानका रुपमा प्रोत्साहन गर्न प्राविधिक सहजीकरण र फलफुलका विरुवा वितरण गरिनेछ ।
(४७) चौकुने गाउँपालिकामा अर्गानिक कृषि उत्पादनलाई जोड दिईनेछ । चौकुनेलाई अर्गानिक भिलेजमा रुपान्तरण गर्न आवश्यक कार्यनिति अवलम्बन गरिने छ ।
(४८) चौकुने गाउँपालिकाको साल्म – कोइरालबास – खोप्री, सल्लेटाकुरा, चौकुने, झ्यालेकाँडा, साझकाँडा, धारापानी, रानागैरा, हाडाकाना, भुम्के, रेक्चा , पुच्मा, – बागमारा, सिमलगैरा, धनरास, तालागाउँ जस्ता ठाउँहरुलाई वाख्रापालन तथा फलफुलको पकेट क्षेत्र, भट्टेसरा, विजौरा, गुटु, राग, शोभानचौर जस्ता ठाउँहरुलाई तरकारी पकेट क्षेत्र, घाटगाउँमा मम्फली खेती पकेट क्षेत्र चाहाने कृषकहरुलाई आवश्यक प्रोत्साहन दिईनेछ । यसका लागि अन्तरसरकारी सह लगानी गरिनेछ ।
(४९) कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गरी चौकुने गाउँपालिकाका कृषि योग्य जमिनहरुको संरक्षण सम्बद्धन गरिनुका साथै उक्त क्षेत्रहरुलाई उत्पादनशिलताको आधारमा उत्पादन पकेट क्षेत्र घोषणा गरी चौकुनेलाई कृषि आधुनिकीकरण र यान्त्रीकरण मार्फत औधोगिकरण गर्न आवश्यक रणनीति र कार्यनीति अवलम्बन गरिने छ ।
(५०) चौकुनेका प्रत्येक वडाहरुमा कृषकहरुका विभिन्न कृषि समुह गठन गरी व्यवसायिक क्षमता विकास गराउन तालिम, भ्रमण अवलोकन गराईनेछ ।
(५१) कृषकहरुका सिप, श्रम र मेहनतको व्ययवसायिक जोखिम न्युनीकरण गर्न कृषि विमा कार्यक्रम लागु गर्न अध्ययन गरी कानूनी व्यवस्था गरिनेछ ।
(५२) चौकुनेको बनजङ्गलमा छरिएर रहेका जडिवुटी प्रजातिका विरुवाहरुको संरक्षण गर्न जडिबुटीनर्सरी स्थापना गरि जडिवुटी र फलफुलका विरुवा वितरण गरिनेछ ।
(५३) रासायनिक मल र विषादिलाई विस्थापन गर्न जैविक विषादी र कम्पोष्ट मल निर्माण र प्रयोगको नीति ल्याइने छ । साथै अर्गानिक तथा मनग्य उत्पादनका लागि जिरो बजेट नेचुरल फार्मिङ्ग, पद्धतीलाई अवलम्बन गर्न किसानलाई लगाइने छ ।
(५४) रैथाने बालीहरुको विउ संकलन गरी संरक्षण र विकास गर्न सम्वद्ध निकायसँग समन्वय गरी सहकार्य गरिनेछ ।
उद्योग तथा बाणिज्य
(५५) चौकुनेमा सञ्चालित परम्परागत घरेलु उद्योगहरुलाई आधुनिकीकरण गर्दै नागरिकहरुको पेशा व्यावसायलाई निर्वाहमुखीबाट उद्यममुखी बनाईनेछ ।
(५६) चौकुनेको धन – चौकुनेको बन को नारालाई सदुपयोग गर्दै चौकुनेवासी नागरीकलाई साच्चिकै बनका मालिक बनाउन, बन पैदावारमा आधारित उद्योगहरु स्थापना गर्न गराउन आवश्यक सहज कानूनी प्रवन्धका लागि संघिय सरकार र प्रदेश सरकारसँग पहल गरिनेछ ।
(५७) चौकुनेका विभिन्न बस्तिहरुमा दुना – टपरी उद्योग, सिन्का उद्योग, बेसार उद्योग, मैन उद्योग, सावुन उद्योग जस्ता घरेलु उद्योगका लागि लगानी मैत्री वातावरण तयार गरि उक्त उद्योग संचालन गर्न चाहने कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
(५८) यस क्षेत्रकै राष्ट्रिय गौरवको आयोजना मानिएका चौकुने सिमेन्ट उद्योग र बेतान कर्णाली हाड्रोको कामलाई छिटो स्थापना गराउन पहल गरिनेछ ।
(५९) चौकुने क्षेत्रभित्र आयमुलक उद्योग सञ्चालन गर्न चाहाने उद्यमी व्यावसायीहरुलाई अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम मार्फत १ लाख देखि १५ लाख सम्म विना धितो विना व्याज ऋण उपलब्ध गराईनेछ र यस प्रकारको ऋण लगेका व्यक्तिहरुले ५ बर्षभित्र विभिन्न किस्ता मार्फत सावाँ फिर्ता गर्नुपर्नेछ ।
पर्यटन
(६०) चौकुने गाउँपालिकाको पर्यटकीय क्षेत्रहरुको अभिलेख तयार गरी त्यस्ता ठाउहरुकोे आवश्यक स्तरोन्नती गर्दै चौकुने जाऊ ः मन रमाऔं अभियान सञ्चालन गरिने छ ।
(६१) चौकुनेमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारका लागि बृत्तचित्र तयार गरी प्रचार प्रसार गरिनेछ ।
(६२) जल पर्यटन र स्थल पर्यटनको प्रशस्त सम्भावना भएको चौकुने गाऊँपालिकाका घााटगाउँ, गुटु, चौकुने क्षेत्र, धनरास, साउने जस्ता स्थानहरुमा होमस्टे संचालन गर्न आवश्यक निति लिइनेछ ।
(६३) भेरी तथा कर्णाली नदिमा ¥याफ्टिङ, जीरागाडीमा पिकनिक, भेरी कर्णाली शिव मन्दीर, वडा नं. ६ स्थित जबधेन शिव मन्दीरलाई धार्मिक स्थानहरुका रुपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार विकास गरिने छ । अन्य त्यस्ता सम्भाव्य स्थानहरुमा सडक सञ्जाल विस्तार गर्ने निति अवलम्बन गरिने छ ।
(६४) चौकुनेका बन जंगलहरुको उचित विकास गरी जैविक विविधतालाई संरक्षण गरी जंगल सफारीका लागि लालझाडी क्षेत्रमा आवश्यक पुर्वाधार तयार गर्ने नीति अवलम्बन गरिनेछ ।
(६५) परम्परागत मूल्य मान्यता संस्कृतिको संरक्षण र संम्वद्र्धन गरिनेछ ।
सहकारी
(६६) समाजवादउन्मुख अर्थ व्यवस्थाको जग बलियो बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले सहकारी संस्थाहरुको संस्थागत क्षमता विकास गरिनेछ ।
(६७) कृषकहरुलाई कृषि तालिम, उन्नत जातका पशुपंक्षी, विउविजन, बोटविरुवा वितरण गरी उनीहरुको कृषि व्यावसायीकतालाई प्रबद्र्धन गरिने छ । त्यस्तो कार्यमा सम्वन्धित सहकारी संस्थाहरुलाई क्षमता विकास गराई कृषि उत्पादनलाई वढावा दिंदै उत्पादित वस्तुहरुको वजारीकरण गराई निर्यातमुलक कृषि व्यवसायको प्रवद्र्धन गरिनेछ ।
(६८) चौकुनेमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुको कार्य सक्षता, सेवा प्रवाह, वित्तिय अनुशासन जस्ता विषयमा अनुगमन गरी नियमन गरिनेछ ।
(६९) कृषि उत्पादन र रोजगारी अभिवृद्धि गर्ने प्रकृतिका उद्यम गर्न चाहने सहकारीहरुलाई विशिष्टीकृत सहकारी गठन गर्न प्रोत्साहन गरिनेछ ।
सामाजिक विकास क्षेत्र
सरकारले गर्ने हरेक गतिविधि समाजको सकारात्मक परिवर्तन र नागरिकको खुशीका लागि गरिन्छ । चौकुने गाउँपालिकाको सामाजिक विकासलाई लोकतान्त्रिक मुल्य मान्यता अनुकुल सचेत, जागरुक र समुन्नत समाजको निर्माण गर्न नीतिगत तथा कार्यगत व्यवस्था मिलाईनेछ ।
शिक्षा
(७१) सामाजिक रुपान्तरणको बलियो आधार ज्ञान हो । शिक्षा क्षेत्र समाज परिवर्तनको पहिलो शर्त हो । विद्यालय शान्ति क्षेत्र र वन्द निषेधित क्षेत्र बनाउदै शिक्षण सिकाई क्रियाकलापको नियमितता र प्रभावकारीता बनाई हाम्रा कलिला बालवालिकाको भविष्य उज्ज्वल बनाउन हाम्रो प्रयास निरन्तर रहनेछ ।
(७२) कलिलो बाल मस्तिष्कमा ज्ञान, विवेक र संस्कारको विकास गराई सिर्जनशील, योग्य सकारात्मक मनोवृद्धिको विकास गराउन बालमैत्री शिक्षण सिकाई क्रियाकलापमा जोड दिईनेछ ।
(७३) गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक दरवन्दी कमी भएका विद्यालयहरुमा तत्कालका लागि स्वयंसेवक शिक्षक नियुक्ति गरी पठनपाठन नियमित गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
(७४) विद्यालय कर्मचारी, बालसकाको तलबमा वृद्धि गरिनेछ ।
(७५) विद्यालयका प्रारम्भिक कक्षा व्यवस्थापन, बालविकास व्यवस्थापन, गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन, मगर भाषाको पाठ्यपुस्तक विकास तथा प्रकाशन, शैैक्षिक तथ्यांक भ्ःक्ष्क् व्यवस्थापन जस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
(७६) विद्यालय जाऔँ ( रमाई रमाई सिकौ भन्ने मुल आदर्शलाई सार्थक बनाउन विद्यालय जाने उमेरका सवै वर्ग, जाती, बर्ण र लिंगका बालबालिकालाई यसै अभियान अन्तर्गत शिक्षाबाट बञ्चित हुन नदिई विद्यालय सम्म पुर्याउन भर्ना अभियान सञ्चालन गरिनेछ । भर्ना अभियानको क्रममा विपन्न वर्गका बालबालिकाको शिक्षामा निरन्तरता दिन बालवालिकालाई सहयोग गर्ने व्यापारी, बुद्धिजिवी, चन्दादाता, शिक्षा प्रेमीलाई सम्मान गरिनेछ ।
(७७) अक्षर चिनौं निरक्षरता भगार्औ भन्ने अभियान सञ्चालन गर्न सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरिनेछ ।
(७८) चौकुने गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा कक्षा ९ ( १२ मा प्राविधिक शिक्षा संचालनमा जोड दिनुका साथै स्वरोजगार, दक्ष जनशक्ति उत्पादन गर्नका लागि विशेष पहल गरिनेछ । यसका लागि प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गरी बजेट व्यवस्थाका लागि पहल गरिनेछ ।
(७९) संघिय सरकार र प्रदेश सरकारसँग अधिकतम समन्वय गरी विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासका लागि विद्यालय भौतिक पुर्वाधार सुधार कार्यक्रम संचालन गरिनेछ ।
(८०) प्राय सवै विद्यालयहरुमा भौतिक पुर्वाधार निर्माण गर्न आवश्यक छ । निर्माणाधीन विद्यालयहरुको भौतिक संरचना पुरा गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
(८१) प्रस्तावित कृषि क्याम्पस गुटु को लागि जग्गा खरिद भई प्रशासनीक भवन निर्माणको काम भईरहेको छ । प्रस्तावितनरहरीनाथ बन विज्ञान क्याम्पस तोश्राको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
(८२) विपन्न दलितका छात्र छात्राहरुलाई विद्यालय शिक्षाको अध्ययनको लागिदलित छात्रबृत्ति नियमित रुपमा वितरण गरिने छ ।
(८३) चौकुने गाउँपालिकामा रहेका सम्पुर्ण विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास गर्नका लागि तालिम सञ्चालन गरिनेछ ।
(८४)प्राथमिक, माध्यमिक र आधारभुत तहका विद्यार्थीहरुको उपलव्धि परीक्षा सञ्चालन तथा विष्लेषण गरी नतिजाको आधारमा कमजोरी सुधार गर्दै शिक्षण सिकाई क्रियाकलाप सुधार गर्ने अभियान सञ्चालन गरिनेछ ।
(८५) विद्यालय शिक्षा कार्यक्रम र शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नतिजा मुलक अनुगमन तथा सुपरीवेक्षण गरिनेछ ।
(८६) चौकुनेका १० ओटै वडाका विद्यालयहरुलाई क्रमशः पक्कि पर्खालले घेर्ने नीतिलाई निरन्तरता दिएको छु ।
(८७) नयाँ शैक्षिक सत्र सँगै विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक, सेनीटरी प्याड, दिवा खाजा जस्ता कार्यक्रमलाई अझ व्यवस्थित, सुविधायुक्त र पारदर्शी बनाईनेछ ।
(८८) बाबुआमा र अभिभावकको अभाव र गरिवीका कारण पढ्न पाउने अधिकारबाट वञ्चित हुन नपरोस भन्ने अभिप्रायले गरिव, विपन्न, असहाय, अशक्त,अपांग टुहुरा बालबालिकालाई मा वि सान्नेघारीमाा आवासीय सुविधा सहितको छात्रावासर अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधा सहित जीवन ज्योति मा विमा आवासीय सूविधा सहित पठन ( पाठन गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
(८९) कोभिड १९ संक्रमणकोका कारण स्थगित भएको पठन पाठनले विद्यार्थीको सिमाईमा प्रत्यक्ष प्रभााव पारेको अवस्थामा सिकाईलाई निरन्तरता दिनका लागि टोल शिक्षा सि.यु.जी. सेवा, रेडीयो पाठ प्रसारण, विद्यार्थी गृहकार्य डायरी वितरण कार्यक्रम र स्वास्थ्य सुरक्षा सावधानी अपनायर सिकाईलाई निरन्तरता दिईनेछ ।
युवा तथा खेलकुद
(९०) बच्चा र बृद्धको साथमा जिम्मेवारी युवाको काँधमा भन्ने मुल उद्घोषका साथ समाजको जिम्मेवारी बोकेका युवाहरुको सर्वपरी हितका लागि चौकुने सरकारले युवा शसक्तिकरणको अभियान सञ्चालन गर्नेछ ।
(९१) चौकुनेका सम्पुर्ण युवाहरुलाई उद्यमशील बनाई स्वरोजगार बनाउन एक युवा ( एक सिप को नीति अवलम्बन गरिने छ । यसका लागि विभिन्न सिपमुलक र युवा अभिमुखिकरण तथा जीवन रुपान्तरण सम्बन्धि गतिविधिलाई प्राथमिकता दिईनेछ ।
(९२) युवाका लागि खेलकुद जीवन रुपान्तरणको एक महत्वपुर्ण साधन हो । त्यसैले चौकुनेका युवाहरुलाई खेल जगतमा समाहित गर्न गठिन चौकुने युवा तथा खेलकुद समिति मार्फत सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछ ।
(९३) श्रमलाई सम्मान गर्दै कामका लागि नगद, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रममा युवा परिचालन गरिनेछ । महिनामा कम्तीमा एक दिन सार्वजनिक स्थानमा श्रमदान गर्ने नीतिलाई शुरुवात गरिनेछ ।
(९४) युवाहरुलाई सामाजिक सेवाको बास्तविक भाव पढेर र भोगेर बुझ्नुपर्छ भन्ने सामुहिक भावना जागृत गराउन विभिन्न सामाजिक अभियानहरु जस्तै निरक्षरता उन्मुलन, सामाजिक भेदभाव विरुद्ध जनचेतना, बृक्षारोपण र वातावरण संरक्षण जस्ता अभियानहरु सञ्चालन गर्न युवा परिचालन गरिनेछ ।
(९५) एक वडा एक खेलकुद मैदानको नितिलाई क्रमश कार्यान्वयन गरिनेछ । चौकुने गाउँपालिकाका विभिन्न स्थानमा खेलकुद मैदानको संरक्षण गरिनेछ । खेलकुद सञ्चालन गर्न खेलमैदानहरुको विकास गर्दै लगिनेछ । चौकुने ८ मा चौकुने खेलग्राम निर्माण गरिनेछ । त्यसका लागि नेपाल सरकारबाट प्राप्त रकममा आवस्यक थप बजेट विनियोजन गरिने नीति लिईएको छ ।
स्वास्थ्य
(९६) स्वास्थ्य धनम् सर्व धनम् प्रधानम् भन्ने श्लोकको मुल मर्मलाई आत्मसात गर्दै चौकुनेका नागरिकको स्वास्थ्यलाई चौकुने विकासको सर्वोपरी सुचकका रुपमा लिईनेछ । साथै नागरिकको स्वास्थ्यलाई ध्यानमा राखि हरेक स्वास्थ्य चौकी,अधारभुत स्वास्थ्य सेवा केन्द्र का साथै सामुदायीक स्वास्थ्य ईकाईहरुमा राज्य द्धारा प्रदान गरिएको निशुल्क औषधी वितरणको कार्यक्रमलाई अझ व्यवस्थित, भरपर्दो र सुविधामुखी बनाईनेछ ।
(९७) प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने संघीय सरकारको कार्यक्रम अनुरुप यस वर्ष वडा नं.१, वडा नं. ५, वडा नंं ६, वडा नं.७ का स्वास्थ्य चौकीहरुको भवन निर्माण कार्य सम्पन्न गरि स्वास्थ्य सेवा सञ्चालन गरिनेछ र वडा नं. ९ को आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई निर्माणको कार्य अगाडि बढाईनेछ ।
(९८) हामीले चौकुनेको विजौरामा अस्पताल निर्माण गर्ने बोलपत्र आह्वान भइ आसय पत्र समेत प्रकाशन भइसकेकाले यसै वर्षदेखि निर्माण कार्य अगाडी बढाइनेछ ।
(९९) चौकुनेका जेष्ठ नागरिकलाई एकीकृत घुम्ती शिविरमा (स्वास्थ्य परिक्षण,आँखा तथा कान जाँच) स्वास्थ्य सेवा उपलव्ध गराउन आवश्यक प्रवन्ध गरिनेछ । जेष्ठ नागरिक परिचय पत्र वितरणको व्यवस्था पनि मिलाएको छु ।
(१००) स्वास्थ्य वीमाका लागि जनचेतना अभिवृद्धि गरिनेछ । पुर्ण तथा आंशिक अपांगता भएका र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क उपचारका लागि घरदैलो सेवा दिइने छ ।
(१०१) अपाङ्ग परिचय पत्र वितरणको कार्यलाई निरन्तरता दिईनेछ ।
(१०२) चौकुनेका बर्थींक सेन्टरको सेवा सुविधा विकट ठाउँमा पनि विस्तार गरिनेछ ।
(१०३) स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई तालिम दिई सेवाको गुणस्तर वढाई स्वास्थ्य प्रतिको जनविश्वास बढाउन आवश्यक कार्य गरिनेछ ।
(१०४) सुत्केरी महिलाहरुलाई कुपोषणबाट मुक्त गराउन र सुत्केरीको स्वास्थ्य अवस्था नविग्रीओस भनी सतर्कता अपनाउन सन्देश र संरक्षणका लागि उपाध्यक्ष कोसेली भेट कार्यक्रमलाई निरन्तरता दिएको छु । जसको लागि प्रति सुत्केरी रु. १००० को पोषण सामग्री खरिद गरी उपलव्ध गराउन बजेट व्यवस्था गरको छु ।
(१०५) गुटुमा सञ्चालित एम्बुलेन्स सेवालाई क्रमशः चौकुनेका प्रत्येक वडामा सजिलै पुग्ने गरी सडक सञ्जाल विस्तार गरिने छ । बिजौरा अस्पतालको लागि यसै वर्ष देखि एम्बुलेन्स सेवा सञ्चालन गरिने छ । वासपानी स्वास्थ्य चौकीको एम्बुलेन्सले पश्चिमको सेवा दिने व्यवस्था मिलाइनेछ यसका लागि आवश्यक नियमन र व्यवस्थापनको कार्य अगाडी बढाईनेछ ।
(१०६) स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी भवन निर्माण कार्य यसै वर्ष सम्पन्न गरी सेवा सञ्चालन गरिनेछ । चौकुनेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन औषधीको कमी हुन दिईने छैन ।
(१०७) प्राकृतिक सम्पदाले भरिपूर्ण यस गाउँपालिकामा जडिवुटीको प्रशस्त सम्भावना रहेको छ । जडिवुटि उत्पादनलाई व्यवसायको रुपमा अपनाई स्वरोजगारी वृद्धि हुने सम्भावना देखि चौकुने क्षेत्रभित्र उपयुक्त स्थानमा एक जडिबुटी नर्सरी स्थापना गरिने छ ।
(१०८) आयुर्वेद तथा प्राकृतिक चिकित्साको प्रचार प्रसार तथा स्थानीय जडिवुटिको पहिचान, विकास र सदुपयोग गरी आम नागरिकको जनस्वास्थ्यमा सहयोग गर्न गाउँपालिकामा आयुर्वेद आरोग्य केन्द्रलाई आवश्यक औषधी, जनशक्ति र उपकरणको व्यवस्था गर्न बजेट विनियोजन गरेको छु ।
(१०९) योग गरौं स्वस्थ बनौ भन्ने मुल नाराका साथ योगलाई प्राथमिकता दिई शुद्ध आचरण, आहार विहारलाई हाम्रा दिनचर्याका अंग बनाउने अभियान क्रमशः अवलम्वन गरिनेछ । स्वास्थ्य सम्बन्धि जनचेतना मूलक कार्यक्रम ल्याउनका साथै हाँसौ, हसाऔँ र स्वस्थ बनौं भन्ने नारालाई सार्थक बनाउन टोल ( टोलमा “लाफिङ्ग क्लव” स्थापना गर्ने नीति अबलम्बन गरिने छ । चौकुने हास्य चुट्किला पुस्तक प्रकाशन गरि घर घरमा वितरण गरिनेछ ।
(११०) स्वास्थ्य चौकी टाढा रहेका वस्तीका नागरिकलाई आधारभुत स्वास्थ्य सेवा उपलव्ध गराउन स्थापना गरिएका सामुदायिक स्वास्थ्य ईकाई धनरास, लगाम, शोभानचौर, पुच्मा, कोईरालवास, राग, कुमालाको सेवा प्रवाहमा उचित व्यवस्थापन गरिनेछ ।
(१११) कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको ५ शैयाकोकोराना अस्पतालको लागि स्वास्थ्य सामग्री तथा औषधी र जनशक्तिको व्यवस्था गरिनेछ । कोरोना संक्रमण भएका व्यक्तिहरुको लागि ५० बेडको आवश्यक सामग्री सहतिको आइसुलेसन स्थापना गरिनेछ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वडा तथा समुदायस्तरमा विपद व्यवस्थापन समिति, टोली गठन गरी जनचेतना अभिवृद्धिका अभियान सञ्चालन गरिनेछ ।
(११२) कोरोनाका कारण मृत्यु भएका चौकुनेका नागरिक तथा कर्मचारीहरुको निधन भएमा उनिहरुको परिवारलाई जनही रु.१०,०००।—का दरले सहयोग गरिनेछ ।
(११३) चौकुने गाउँपालिकाका प्रति वडामा रहेका १० अति बिपन्न घर परिवारलाई निशुल्क स्वास्थ्य बिमाको ब्यवस्था मिलाएको छु ।
(११४) चौकुने गाउँपालिकाका सम्पुर्ण मोतिविन्दु भएका बिरामी लाई गत बर्ष झै प्रन्येक वडामा गई आँखा परिक्षण गरि सुर्खेत आँखा अस्पतालमा निशुल्क अप्रेशनको ब्यवस्था मिलाईने छ ।
(११५) स्वास्थ्यका लागि पोषण भन्ने शिक्षालाई लागु गर्न शिक्षा, कृषी,पशु, सेवा संग समन्वय गरि सम्पूर्ण आमा समुह सम्म पोषण युक्त खाद्य बस्तुलाई स्वास्थ्य ब्यवहार बारे जानकारी दिई बिउ विजन तथा उन्नत जातका फलफुल तथा पशु पंछीको ब्यवस्था गरिने छ ।
भाषा, धर्म र संस्कृति
(११६) आदिवासी, जनजाती र अल्पसंख्यक समुदायको भाषा धर्म संस्कृति र परम्परालार्ई संरक्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(११७) विभिन्न सम्प्रदायको कला, संस्कृतिको संरक्षण सम्बद्धन र प्रवद्धन गर्न आवश्यक कार्यक्रमहरु तय गरिने छ ।
(११८) मगरहरुको संस्कृतिमा आधारित माघी पर्व मनाउन आवश्यक सहयोग गरिनेछ । मगर भाषाको प्रवद्र्धनका लागि नीति निर्माण गरिसकिएकाले तहगत पाठ्यक्रम र पाठ्यपुस्तकप प्रकाशनलाई निरन्तरता दिइनेछ । लोपउन्मुख जाती राजीको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
(११९) स्थानीय पर्व, जात्रा, मेलाहरुलाई बैज्ञानिक रुपले व्यवस्थापन गर्न ति परम्पराहरुको संरक्षण, सम्बद्धन गरि विभिनन कार्यक्रमहरु संचालन गरिनेछ ।
सामाजिक समाबेशिकरण
(१२०) आर्थिक, सामाजिक तथा लैङ्गिक हिसावले पछी परेका विपन्न नागरिकका लागि अध्यक्ष विपन्न नागरिक आवास कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रम मार्फत विपन्न नागरिकमा घर निर्माण गर्ने निति अवलम्बन गरिने छ ।
(१२१) जातीय भेदभावमुक्त समाज निर्माणका लागि छुवाछुत र सामाजिक कुरीतिका विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(१२२) सामाजिक विभेद, घरेलु हिंसा, छुवाछुत विरुद्धका अभियान सञ्चालन गरिनेछ । न्यायको पहुंच सम्म पुग्न नसक्ने लाई न्यायिक पहुंचका लागि सहयोग प्रदान गरिनेछ ।
(१२३) जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि उनीहरुको घरदैलोमै पुगी स्वास्थ्य उपचार, परिचयपत्र वितरण लगायतका कार्यक्रमहरु संचालन गरिने छ । यसका लागि आवश्यक गरेको छु ।
(१२४) छोरी सुरक्षा कार्यक्रमलाई प्रभावकारी र दिगोपन दिनका लागि प्रदेश सरकारसंग समन्वय गरी वैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रम सञ्चालन गरिनेछ । साथै वढीमा २ ओटा छोरी जन्माएर बन्ध्याकरण गर्ने परीवारलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
(१२५) धर्मका आधारमा कोही कसैलाई भेदभाव हुन दिईने छैन । समाजमा धार्मिक सहिष्णुता कायम गरी समृद्ध समाज निर्माण गरिनेछ ।
(१२६) महिलाहरु आफैमा आत्मनिर्भर वन्नका लागि विभिन्न किसिमका सिप तथा क्षमता विकासका कार्यक्रमहरु गरिनेछ । महिला शसक्तिकरणका लागि विभिन्न प्रकारका क्षमतामुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । अत्यन्त कठिन परिस्थितिमा परेका महिलाहरुलाई उद्धार र सहयोगका लागि महिला सञ्जाल,आमा समूह, सहकारी संस्था, गैरसरकारी संस्था मार्फत क्षमता विकास गरी महिला शसक्तिकरणका कार्यक्रमहरु अगाडी सारीनेछ ।
(१२७) सामाजिक समावेशीकरणका कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्न चाहने गैर सरकारी संस्थाहरुको प्रस्तावना लिई सहलगानीमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
श्रम तथा रोजगार
(१२८) चौकुने गाउँपालिकामा हरेक नागरिकको जीवनस्तर उकास्नका लागि श्रम तथा रोजगारको उचित वातावरण निर्माण गर्न आवश्यक रणनीति तयार गरिनेछ ।
(१२९) अध्यक्ष उद्यमशिलता विकास कार्यक्रमनिर्देशिका २०७७बमोजिम अगाडी बढाईनेछ ।
(१३०) युवा स्वरोजगार कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखि उद्यमसिल युवाका लागि लगानीमैत्री वातावरण तयार गरिनेछ ।
(१३१) सबै प्रकारका श्रमहरुलाई सम्मान गर्ने परिपाटीको विकास गर्न श्रम सम्मान कार्यक्रम लागु गरिने छ । साथै श्रम प्रतिको सकारात्मक सोच विकास गर्न चौकुने सरकारले चौकुने गाउँपालिका अन्तर्गत जनप्रतिनिधि तथा कर्मचारीहरु महिनाको १५ गते श्रम दिवस मनाउने अभियान सञ्चालन गरिनेछ । उक्त अभियानमा चौकुने सरकारका जनप्रतिनिधि, कर्मचारी , नागरिक, बुद्धिजीवि, संघ संस्था र अन्य सरोकारवाला पक्षहरुलाई समाहित गरिईनेछ ।
वित्तिय क्षेत्र
(१३२) चौकुने गाउँपालिकाको वित्तिय क्षेत्रलाई उत्पादनशिल लगानीमैत्री बनाउन विभिन्न वित्तिय संघ सस्थाहरु सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
(१३३) चौकुने गाउँपालिकाको वित्तिय कोषलाई जनताको उच्चतम हितमा प्रयोग गर्ने र निजि क्षेत्रको पुँजीलाई पनि उत्पादनमुलक काममा लगानी गर्न प्रोत्साहन गरिनेछ ।
पूर्वाधार विकास क्षेत्र
(१३४) विकासको आधारभुत तहको रुपमा रहेको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधारको विकास विना हामीले जनताको मुहारमा खुशी देख्न नसकिने कुरा महसुस गरि सकेका छौं । परम्परागत जीवनशैलीमा सुख सुविधा दिन पूर्वाधारको महत्वपूर्ण भूमिका हुने हुंदा हामीले पूर्वाधार विकासलाई विकासको मेरुदण्डको रुपमा लिएका र्छौ ।
सडक तथा पुल
फराकिला सडक भएको भविष्यको चौकुने सहर
आधुनिक मापदण्डका सडक बनाउने हाम्रो रहर
यस गाउपालिकामा सडक निर्माण कार्यलाई अभियानका रुपमा अगाडि वढाईनेछ । आप्mनै स्वामित्वका र भाडामा लिएका हेभि इक्वीपमेन्ट प्रयोग गरिनेछ । हेभी ईक्विपमेन्ट प्रयोग गरी वडा तहको सडक विकास समिति समेतको सहयोगमा गरिदै आएको सडक निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
(१३५) गाउपालिका र वडा कार्यालय जोड्ने सडक तथा सहायक सडकहरुको स्तरोन्नती गरी वर्षायाममा समेत सवारी आवागमन हुन सक्ने गरी सडक निर्माण कार्य अघि वढाईनेछ ।
(१३६) चौकुने गाउपालिकाको गौरवको योजना लेकाली पर्यटकीय सडक साल्म ( रेक्चा – धनरास हुँदै वेनीघाट, साल्म जंगलाघाट सडक निर्माणका लागि प्रदेश सरकारसंग आवश्यक समन्वय र पहल गरिनेछ ।
(१३७) मदन भण्डारी राजमार्गको विजौरा, बेतान लगाम खण्ड बाह्रैमास गााडी चल्न सक्ने गरी सडक ग्राभेल गरिनेछ ।
(१३८) किथौरे, विजौरा र पोखरेको झोलुंगे पुल निर्माण कार्य सम्पन्न गरि बेतान खोलमा नयाँ पुल निर्माण गरिनेछ ।
सिचाई
(१३९) ठुला सिंचाई आयोजना सञ्चालन गर्न प्रदेश सरकार र संघीय सरकारसंग समन्वय तथा सहकार्य गरिनेछ । गाउ पालिकास्तरबाट समेत सिचाईका गौरवका आयोजना सञ्चालन गरिनेछ ।
(१४०) साना सिंचाई योजनाहरु उपभोक्ता समितिको संलग्नतामा निर्माण गराई स्थानीय जनसहभागीता र अपनत्व वृद्धि गर्दै सिंचाई हुने क्षेत्र विस्तार गरी कृषि उत्पादन वृद्धि गराईनेछ ।
(१४१) प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमका कार्यक्रमहरु कार्यान्वयन गर्दा सिंचाई र सडकका पक्की नाला निर्माणका योजनाहरु छनौट गरि कार्यान्वयन गरिनेछ ।
भवन तथा शहरी बिकास
(१४२) सुरक्षित व्यवस्थित भुकम्प प्रतिरोधी र वातावरण मैत्री भवन निर्माण गर्नका लागि भवन सँग सम्बन्धित ऐन, नियम, भवन संहिता, मापदण्ड र निर्देशिकाहरु तयार गरी कार्यान्वयनमा ल्याईने छ ।
(१४३) चौकुनेमा छरिएका बस्तीहरुलाई एकिकृत गर्नका लागि तिनिहरुको सम्भाव्यता अध्ययन सहितको प्रतिवेदन तयार गर्न एकिकृत बस्ती विकास समिती गठन गरी सम्भव भएसम्म प्रतिवेदनको आधारमा आगामी आ.ब. बाट एउटा नमुना बस्ती निर्माणका लागि आवश्यक पहल गरिने छ ।
(१४४) व्यवस्थित शहर ( हाम्रो रहर भन्ने मुल नाराका साथ मदन भण्डारी राजमार्गको गुटु खण्ड ३० मीटर तथा अन्य सडक १० मिटर र भित्रि सडक ८ मिटर कायम गर्ने कार्यलाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।
(१४५) मिलनचौक देखी झकमके जुम्ल्याहामुल हुँदै अमलटाकुरा सम्म सडक कालोपत्रे गरिनेछ ।
(१४६) १० ओटै वडामा जोडिएका सडकहरु स्तरोन्नती गरिनेछ ।
(१४७) हरित सडक पेटीको कल्पना साकार पार्न सडक छेउमा वृक्षारोपण गर्ने कार्यलाई शुरुवात गरिनेछ ।
उर्जा तथा लघु जलविद्युत
(१४८) लघु जलविद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरुमा सोलार प्रविधि जडान गरी भेरी र कर्णाली नदिको विचमा रहेको यस गाउँपालिकामासिचाई र खानेपानी सेवा विस्तार गरिनेछ ।
(१४९) जलस्रोतको प्रचुर स्रोत भएका ठाउँमा लघु हाईड्रो योजनाहरुको सम्भाव्यता अध्ययन गरिनेछ । यस वर्ष रेवती जलविद्युत आयोजना, टुनीखोला लघु जलविद्युत आयोजना, वसेरीखोला जलविद्युत आयोजना, भोेक्रेखोला लघु जलविद्युत आयोजना, सञ्चालन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग को लागत साझेदारीबाट कार्य अगाडी बढाईनेछ ।
(१५०) वडा नं. १ को काप्रापानी र वडा नं. ३ कोदहताल लघु जल विद्युत आयोजनाकोकाम सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
(१५१) न्युन आयस्रोत भएका ग्रामीण क्षेत्रका भान्साहरु लाई धुवारहित बनाउन सुधारिएको चुलो र गोवरग्यांस प्लान्ट योजनालाई निरन्तरता दिईनेछ ।
(१५२) चौकुनेलाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्न र पुच्मा तथा रेक्चामा बनिरहेको नेश्नल ग्रिडलाई स्थापना गर्न नेपाल सरकार र कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
सुचनाप्रविधि
(१५३) चौकुेन गाउपालिका क्षेत्रका सवै स्थानमा मोवाईल फोन सेवा विस्तार गर्न नेपाल टेलिकमसँग समन्वय गरिनेछ ।
(१५४) गाउपालिका अन्तरगतका निकाय तथा माध्यमिक तथा आधारभूत विद्यालयमा ईन्टरनेट सेवा जडान गरि त्यसलाई भरपर्दो बनाईनेछ ।
खानेपानी
(१५५) चौकुने गाउँपालिका वडा नं. ६,७ र ८ को खानेपानीको समस्यालाई समाधान गर्नेगरी झ्यालेकाँडा खानेपानी योजना निर्माण सम्पन्न गरिनेछ । साथै वडा नं. ७ को निर्माणाधीन सान्नेघारी लिफ्ट खानेपानी आयोजना वडा नं. ५ को रेक्चा खानेपानी आयोजनालाई सम्पन्न गराईनेछ । लगाम खानेपानी आयोजना, भट्टेसरा खानेपानी आयोजना आगामी आ.ब.मा सम्पन्न गरिनेछ ।
(१५६) चौकुने वडा नं. ९ र १० साविकको घाटगाउँ को खानेपानीको समग्र समस्यालाई समाधान गर्न खानेपानी आयोजना सम्पन्न गरिनेछ ।
(१५७) गाउँपालिकास्तरका निर्माणाधीन घाटगाउँ वृहत खानेपानी आयोजना, झ्यालेकांडा खानेपानी आयोजना, घुतघुते खानेपानी आयोजना, वांसपानी खानेपानी आयोजना, बोला खानेपानी आयोजनाहरु आगामी आ.व.मा सम्पन्न गरिनेछ ।
(१५८) रेक्चा पुच्मा लिफ्ट खानेपानी आयोजना वडा नं. ४ र ५, तिमिलारुख खानेपानी आयोजना वडा नं १ यसै आ.व.मा निर्माण कार्य सम्पन्न गर्ने गरीनेछ
(१५९) वसन्ते लिफ्ट खानेपानी आयोजनालाई सहलगानी मार्फत अगाडि बढाईनेछ ।
(१६०) कुमाला लिफ्ट खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन गरिनेछ ।
(१६१) वडास्तरमा खानेपानीका योजनाहरु सञ्चालन गरी खानेपानी समस्या समाधान गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
भुमि व्यवस्था
(१६२) चौकुने गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको कार्य सम्पन्न भै जगगाको नाप नक्सा गर्ने काम भै रहेको अवस्थामा यसै आ ब मा जग्गा धनी पूर्जा वितरण गर्ने काम सम्पन्न गरिने। चौकुने गाउँपालिकामा रहेको भुमिलाई व्यवस्थित गर्न बैज्ञानिक भु – उपयोग निति अवलम्बन गरिनेछ । जस अनुसार भुमिलाई कृषि क्षेत्र, आवास क्षेत्र, व्यापारिक क्षेत्र, औधोगिक क्षेत्र र बन जंगल क्षेत्रमा विभाजन गरी सोही अनुसार भुमीको उपभोग गर्ने गराउने नीति अवलम्बन गरिने छ । सार्वजनिक जग्गा, प्रति, ऐलानी जग्गाको नाप नक्सांकन गरि अभिलेख तयार गरिनेछ ।
(१६३) चौकुनेका अधिकांश जनताले उपभोग गर्दै आएका भुमिहरु अस्थायी प्रकृतिका भएकाले तिनिहरुलाई स्थायी गरी करको दायरामा ल्याउनसंघीय र प्रदेश सरकारसँग यथासक्य चाँडो भुमि नापजाँचको व्यवस्था मिलाईनेछ ।
(१६४) चौकुनेका जनताले भोगचलन गर्दै आएको जग्गा जमिनको मोहीयानी हकको आधारमा लालपुर्जा वितरण गरिनेछ ।
(१६५) जग्गा बाँजो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जग्गाको जग्गाधनिले अनिवार्य कुनै न कुनै तरिकाले जग्गाको वर्गिकरण अनुसार उपभोग गर्नुपर्नेछ । अन्यथा त्यस्ता जग्गाधनी र जग्गाहरु चौकुने गाउँपालिकाले सूचना जारी गरी उत्पादनशिलतामा लाग्न र लगाउन बाध्यात्मक नीति अवलम्बन गर्नेछ ।
हवाई यातायात
(१६६) प्रत्येक वडामा आकस्मिक हेलीकप्टर अवतरणका लागि ठाउँ छुट्याई उक्त ठाउँलाई हेलीकप्टर बस्न सक्ने पुर्वाधारको रुपमा विकास गरिनेछ । चौकुने गाउँपालिका क्षेत्रभित्र एयरपोर्ट सञ्चालनका लागि आवश्यक सम्भाव्यता अध्ययन गरी त्यस्तो ठाउँ एयरपोर्टका लागि ठाउँ छुट्याई संरक्षित गरिनेछ । यसका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
मिसिनरी तथा औजार
(१६७) श्रोत र साधनले सम्पन्न गाउँपालिका निर्माणको महान अभियान अन्तर्गत विकास र सेवा प्रवाहको गतिलाई दिन दोगुण र रात चौगुणाको हिसावले अगाडी बढाउनगाउँपालिकाले आफ्नै स्वामित्वका हेभी इक्विपमेन्टबाट सडक निर्माण गर्ने कार्यको निरन्तरता दिंदै बजेट विनियोजन गरेको छु ।
(१६८) खरिद गरिएका हेभी इक्युमेन्टको रेखदेख, सम्वद्धन, संरक्षण र परिचालन गर्नका लागि जनशक्ति र संरचनाको क्षमता विकास गरी व्यवस्थित गरिनेछ ।
सञ्चार
(१६९) जनताको विचार ( सुचना र संचार भन्ने नारालाई यथार्थपरक बनाउन चौकुने गाउँपालिका क्षेत्रभित्र नेपाल टेलीकमको ल्याण्ड लाईन जडान, मुवाईल टावर विस्तार र इन्टरनेट टावर विस्तार गर्नका लागि आवश्यक पहलकदमी गरिने छ ।
(१७०) चौकुनेका १० ओटै वडालाई इन्टरनेट सञ्जालमा आवद्ध गर्न प्रदेश सरकार र केन्द्रिय सरकारसँग आवश्यक समन्वय गरी सूचना तथा सञ्चारलाई व्यवस्थित गराईनेछ ।
वातावरण तथा विपद व्यवस्थापन
(१७१) हरीयो बन चौकुनेको धन भन्ने मुल नाराका साथ चौकुनेको आर्थिक समृद्धिलाई टेवा पु¥याउन र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै बन तथा वातावरण क्षेत्रको संरक्षण, सम्बद्धन गरिनेछ ।
(१७२) स्वच्छ भए वातावरण स्वच्छ हुन्छ जीवन भन्ने अभिप्रायका साथ बन वातावरण संरक्षण, संबद्धन, सदुपयोग र उपभोग सम्बन्धि आवश्यक नीति, नियम र कानुन बनाईनेछ । चौकुने क्षेत्रभित्रका वोट विरुवा, पशुपंक्षी लगायत अन्य जैविक विविधताको अध्ययन अनुसन्धान अभिलेखीकरण गरी यसको बैज्ञानिक व्यवस्थापनलाई ध्यान दिइनेछ ।
(१७३) हरित चौकुनेको नारालाई सार्थक रुप दिन प्रत्येक वडाका नर्सरीहरुलाई अझ व्यवस्थित गर्दैै नांगा डाडापाखाहरु र प्रत्येक नागरिकका आफ्नै घर आगनमा विरुवा बृक्षारोपणको अभियान सञ्चालन गरिने छ ।
(१७४) चौकुने क्षेत्रभित्रका सामुदायीक बन उपभोक्ता समितिहरुलाई नियमन र अनुगमन गरी उनीहरुको कोषमा भएको बजेटलाई चौकुने समृद्धिको क्षेत्रमा लगानी गर्न निर्देशन गरिनेछ ।
(१७५) चौकुनेका सामुदायिक बन उपभोक्ता समूहहरुको गठन, पदाधिकारी विवरण, वार्षिक कार्ययोजना, वार्षिक वजेट तथा खर्च विवरण संकलन गरी नियमितता र वातावरण संरक्षणका लागि आवश्यक पहलकदमी गरिनेछ ।
(१७६) बन पैदावारमा आधारित उद्योगहरु सञ्चालनका लागि स्थानीय तहले गर्नु पर्ने आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।
(१७७) चौकुनेका वस्तीवस्तीमा पर्यटन .पार्क, वाल उद्यान निर्माण गर्न नागरिकहरुलाई प्रोत्साहन गरिनेछ ।
(१७८) चौकुने क्षेत्रभित्रको सामुदायिक बन र गाउँपालिकाको सह लगानीमा प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरी वोटानिकल गार्डेन निर्माणका लागि पहल गरिनेछ ।
(१७९) चौकुने भित्रका पुर्वाधार विकासका हरेक संरचनाहरुलाई बातावरण मैत्री बनाउने लक्ष राखिने छ । चौकुनेको वन जंगललाई चौकुने अर्थतन्त्रको आधारको रुपमा विकास गर्ने नीति अवलम्बन गरिने छ ।
(१८०) बन तथा बस्तीहरुलाई आइपर्न सक्ने प्राकृतिक जोखिमबाट बचाउन चौकुने गाउँपालिकाले खोला खोल्सा र नदि किनारामा तटबन्धन र वृक्षरोपणको प्रस्तावलाई अघि वढाएको छ । र साथै विपद व्यवस्थापन र जोखिम न्युनिकरणका लागि स्थानीय विपद व्यवस्थापन समिति र वडास्तरमा वडा विपद व्यवस्थापन समिति र टोल टोलमा विपद प्रतिकार्य तथा उद्धार टोली गठन गरिनेछ । यस कार्यका लागि नेपाल रेडक्रस र संघसंस्थासंग समेत सहकार्य गरिनेछ ।
(१८१) कोरोना नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि विशेष व्यवस्था गरिनेछ ।
(१८२) विश्वमा बढीरहेको ग्लोवल वार्मिङ्ग लाई न्युनिकरण गर्न केही हदसम्म हाम्रो पनि भुमिका रहने भएकाले जलवायु परिवर्तन सम्बन्धि जनचेतना फैलाउने र वातावरणमैत्री व्यवहार, क्रियाकलाप र व्यावसाय गर्ने नीति अवलम्बन गरिनेछ ।
(१८३) चौकुने गाउँपालिकाको दिगो शहरी विकासलाई मध्यनजर गर्दै चौकुने क्षेत्र भित्रका बस्तीहरुको फोहोरमैलालाई बर्गिकरण गरी उपयुक्त स्थानमा डम्पींग गरी फोहोरको उचित व्यवस्थापन गरिने छ ।
(१८४) चौकुनेको दोभान, भेरी नदीको राग र घाटगाउँको दोभान, विजौराको जिराघाडी क्षेत्रमा सव दहन गृहका लागि संघिय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
(१८५) प्लाष्टिकजन्य व्यागहरु र फोहोरमैलालाई निस्देज पार्ने उद्देश्यका साथ प्लाष्टिकजन्य पदार्थ निरुत्साहित गर्ने नीति अवलम्बन गरिनेछ । मानिसको भिडभाड हुने सार्वजनिक स्थलमा डस्टविनको व्यवस्था गरिनेछ । प्रत्येक घरलाई घरेलु फोहोरमैला व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गरिने छ ।
(१८६) सार्वजनिक स्थानमा मेला, पर्व, उत्सव लगायतका कार्यक्रममा फोहोर भएमा अनिवार्य रुपमा आयोजकले नै सरसफाई गर्नु गर्ने व्यवस्था मिलाईनेछ ।
संस्थागत विकास तथा सेवा प्रवाह
(१८७) सूचना प्रविधिको प्रयोग गरी कार्यालयको कार्य सम्पादनलाई छिटो छरितो र पारदर्शी बनाउन कम्प्युटर र ईन्टरनेट सेवाको विस्तार र विकास गरिनेछ ।
(१८८) सेवा प्रवाहमा भन्सुन, चाकडी, अनावस्यक दवावलाई दुरुत्साहन गरी आफ्नो कर्तव्य पुरा गर्ने नागरिकलाई प्रोत्साहन गरिनेछ । चौकुने स्थित सार्वजनिक संघ संस्था तथा कार्यालयको सेवा प्रवाहको अनुगमन गरी सेवाग्राहीमैत्री बनाईनेछ ।
(१८९) कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि नीतिगत, चेतनामुलक र प्रविधिमा आधारित विभिन्न कार्यशाला गोष्ठि, सेमिनार, ग्रुप डिस्कसन, तालिम र अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिने छ ।
(१९०) १० ओटै वडाका वडा कार्यालयमा कम्प्यूटर मार्फत सेवा सुविधा प्रवाह गर्नका लागि आवश्यक नीति ल्याएको छु ।
(१९१) वडा कार्यालय व्यवस्थापन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । प्रत्येक वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सुचना प्रविधि ९क्ष्ऋत्० तालिम दिई सेवा प्रवाहलाई अझ प्रभावकारी वनाईनेछ ।
(१९२) नागरिकको सूचनाको हकलाई प्रत्याभुति दिलाउन प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने व्यवस्था मिलाई जनतामा सार्वजनिक सूचनाको पहुंच वृद्धि गरिनेछ । जानकारी र सूचनाका लागि प्रत्येक निजि तथा सार्वजनिक संस्थाहरुलाई नागरिक बडापत्र, सुचना वोर्ड, गुनासो पेटी राख्ने व्यवस्था मिलाईनेछ । गाउँपालिकाले आफ्नो १० वटै वडा र गाउँपालिकामा नागरिक वडापत्रको व्यवस्था गरी गाउँपालिका अन्तर्गत रहेका विभिन्न शाखाहरुलाई अझ व्यवस्थित र पारदर्शि बनाई सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन अभिप्रेरित गरिनेछ ।
(१९३) गाउँपालिकाले नियुक्ति दिएका कर्मचारीहरुको कार्यमूल्यांकनको आधारमा यस आ.ब. मा पनि पारीश्रमिकलाई निरन्तरता दिईनेछ ।साथै कर्मचारीहरुको कार्यक्षमतामा वृद्धि गर्नका लागी प्रोत्साहन गरि पुरस्कृत गरिनेछ ।
(१९४) चौकुने गाउँपालिका भित्र रहेका सार्वजनिक संस्थाहरुले जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन सम्वन्धित कार्यालय प्रमुखहरुको मासिक वैठक गर्ने कार्यको शुरुवात गरिनेछ ।
(१९५) जनतालाई कर तिर्न सजिलो बनाउन आवश्यक पशासनीक सरलीकरण गरिनेछ ।
सुरक्षा व्यवस्थापन
(१९६) संसारलाई द्धन्द, हिंसा र अधोगतिमा लैजानका लागि मदिरले सहयोग गर्दछ । प्रत्येक घरमा दुःख छ , अशान्ति छ , महिला हिंसा छ, बाल अधिकारको हनन भएको छ भने त्यसको धेरै कारण मदिरा नै हो । चौकुने गाउपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने हाम्रो दीर्घकालीन सोच रहेको व्यहोरा म निवेदन गर्दछु । यस अभियानलाई गाउपालिका मात्रैको पहलबाट सफल हुन सक्दैन । हामीलाई नागरिकको सहयोग र हातेमालो आवश्यक छ । हामी यस वर्ष नागरिकको सहयोगमा मापसेलाई निरुत्साहन अभियान सञ्चालन गर्न मदिरा नियन्त्रण कार्यविधि जारी गरिनेछ ।
(१९७) चौकुने गाउँपालिका भित्रका बस्तीहरुको सुरक्षा चुनौतीलाई न्युनिकरण गर्न टोल विकास समिति मार्फत टोलमा हुन सक्ने चोरी, अपराध र कानून विपरितका कार्यमा सतर्कता अपनाउन नागरिक सशक्तिकरण कार्यक्रममा सम्वन्धित पक्षसंगको समन्वयमा आवश्यक पहलकदमी गरिनेछ । यस वर्ष घाटगाउमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । अन्य बेतान, माायातालमा पनि प्रहरी चौकी राख्न र गुटु स्थित प्रहरी चौकीको स्तरोन्नतीका लागि आवश्यक पहल गरिनेछ ।
(१९८) महिला हिंसा न्युनिकरणका लागि महिला पुरुष मिलिजुली अभियान सञ्चालन गरी सोच र व्यावहारमा सकारात्मक परिवर्तन ल्याउन प्रयत्न गरिनेछ ।
पञ्जीकरण व्यवस्थापन
(१९९) जन्म, मृत्यु, वसाई सराई, विवाह दर्ता, सम्वन्ध विच्छेदका घटना दर्ता गर्न र सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावकारी बनाउन सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली ९ख्भ्च्क्ए ( ःक्ष्क्० लाई व्यवस्थित गरी १० वटै वडामा अनलाईन प्रणालीबाट घटना दर्ता विस्तार गरिनेछ ।
(२००) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सामाजिक सुरक्षा भत्ता वडा नं. ७ र ८ मा बैंकिङ प्रणाली मार्फत भुत्तानी गर्ने कार्य भैसकेको र अन्य वडामा पनि बैकिङ प्रणाली मार्फत भुत्तानी गरिने छ ।
शुसासन प्रवद्र्धन
(२०१) चौकुने गाउँपालिकामा सुशासन, सदाचार र भ्रष्टाचार नियन्त्रण गरी पारदर्शिता कायम गर्न आवश्यक विधि र प्रक्रिया अपनाईनेछ । यसका लागि सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, रेडीयो कार्यक्रम, अन्तक्रिया कार्यक्रम, जनप्रतिनिधि आचार संहिता, उपभोक्ता समिति व्यवस्थापन कार्यविधि, टोल सुधार समिति, भौतिक पुर्वाधार निर्माण सम्बन्धि व्यवस्थापन र नियमन गरिने छ।
स्थानीय तथ्यांक संकलन र अभिलेख व्यवस्थापन
(२०२) चौकुने गाउँपालिकाको विकासका सुचकांक र मानव विकासका सुचकहरुको यथार्थ अवस्था थाहा पाउन विभिन्न फर्महरु निर्माण गरि तथ्यांक संकलन अभियान सञ्चालन गरिनेछ । र उक्त तथ्यांकहरुको अभिलेखिकरण गरिनेछ ।
वित्तिय व्यवस्थापन र सुशासन
(२०३) सञ्चित कोष व्यवस्थापनका लागि तोकिएका खर्च खाताहरु सञ्चालन गरिनेछ ।
(२०४) राजश्व संकलन नै हाम्रो विकासको आधार हो । स्थानीय नागरिकहरुलाई करको भार थुपार्ने हाम्रो मनसाय छैन । स्थानीय तहमा कर संकलन नभए विकासको पुंजीको श्रोत घट्नु स्वभाविक हो । आगामी आ.व.मा सम्पत्ति कर प्रणालीमा थप प्रभावकारीता सहित लागु गरी सवै नागरिकहरुलाई न्युन दरको करको दायरामा ल्याईनेछ ।
(२०५) वेरुजुको अंकले हाम्रो कार्य सम्पादनमा हर हमेशा प्रश्न उठाई रहने हुंदा वेरुजु नहुने गरी कार्य सम्पादन गर्न उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारी, पदाधिकारी सवैलाई सचेत र सजग गराउदै विगतको वेरुजु सम्परीक्षणको काम थालनी गरिनेछ ।
(२०६) आफ्नो गाउँ ठाउँमा भएका विकासका गतिविधिमा सहभागी हुने, जानकारी पाउने , त्यसको लाभ भोग गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । त्यस्तो सार्वजनिक विकास निर्माणको काम के कसरी भईरहेको छ भनी सूचना पाउने, कामको रेखदेख, अनुगमन, मुल्यांकन गर्ने नागरिक अधिकारको हामीले सम्मान गर्नु पर्दछ । आगामी वर्षमा सवै वडा र गाउपालिकामा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु ।
(२०७) उपभोक्ता समितिमा रहने उपभोक्ताहरुको कार्य सम्पादनले गाउपालिकाको कार्य सम्पादनमा असर गर्ने हुंदा उपभोक्ता समिति गठन गर्ने कार्यलाई टोल आम भेला भई उपभोक्ताहरु मध्ये आफुले छनौट गरेको तोकिएका योग्यता पुगेको व्यक्तिहरु मध्ये छनौट गर्ने, त्यस्ता व्यक्तिको कार्य सम्पादनको मुल्यांकन गरी गैरकानूनी काम गरेको पाईएमा तत्काल कानूनी कारवाही गरिनेछ । सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने, मदिराजन्य पदार्थमा खर्च गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थानमा आवत जावत गर्ने, शान्ति सुव्यवस्थामा वाधा पुर्याउने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याई चौकुनेको आय जनतालाई न्याय मुल आदर्शलाई सार्थक बनाउन हरपल प्रयास गरिनेछ ।
(२०८) अध्यक्ष महोदय,
अव म क्षेत्रगत नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन र श्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु ।
(२०९) आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न जम्मा कुल रकम ४८ करोड ७५ लाख ७० हजार विनियोजन गरेको छु । जसमा २७ करोड ५८लाख १२ हजार सशर्त अनुदान तर्फको कार्यक्रम भएकोले तोकिएका कार्यक्रम सञ्चालन हुनेछन् ।
वांकी रहेको २१ करोड १७ लाख ५८ हजार मध्ये ७ करोड १० लाख ३८ हजार चालु खर्च तर्फ विनियोजन गरेको छु । चालु खर्च तर्फ विनियोजन गरे पछि वांकी रहेको १४ करोड ७ लाख २० हजार विकास तर्फका विभिन्न आयोजनाहरुमा विनियोजन गरेको छु ।
(२१०) आगामी आर्थिक बर्षको लागि अनुमान गरिएका खर्चको व्यवस्थापन तपसिल बमोजिमका श्रोतहरुबाट प्राप्त हुने गरी विनियोजन गरेको छु ।
- नेपाल सरकार ससर्त अनुदान चालु २० करोड १२ लाख
- नेपाल सरकार विशेष अनुदान १ करोड ६६लाख
- नेपाल सरकार पूजीगत अनुदान १ करोड २१ लाख
संघिय सरकारको जम्मा शसर्त अुनदान रु.२२ करोड ९९ लाख - आन्तरिक आय बाट २० लाख
- नेपाल सरकार राजश्व वांडफांट वापत प्राप्त हुने आय ९ करोड ४५ लाख १० हजार
- नेपाल सरकार समानीकरण अनुदान १० करोड ३८ लाख
- मानीकरण, राजश्व बाडफाँड र आन्तरिक आय निशर्त जम्मा रु.२० करोड ३ लाख १० हजार
- कर्णाली प्रदेश सरकार ससर्त अनुदान पूजीगत २ करोड ६९ लाख १२ हजार
- कर्णाली प्रदेश समपुरक अनुदान १ करोड ६० लाख
- कर्णाली प्रदेश विशेष अनुदान ३० लाख
- कर्णाली प्रदेश सरकार शसर्त, विशेष र समपूरक अनुदान रकम रु.४ करोड ५९ लाख १२ हजार ।
- कर्णाली प्रदेश सरकार समानीकरण अनुदान १ करोड ८ लाख ९६ हजार
- कर्णाली प्रदेश सरकार सवारी साधन करको वांडफांट ५ लाख ५२ हजार
- कर्णाली प्रदेश समानीकरण र सवारी साधन कर बापत प्राप्त रकम रु.१ करोड १४ लाख ४८ हजार
- संघिय सरकार र कर्णालीप्रदेश सरकारको शसर्त अनुदान रु. २७ करोड ५८ लाख १२ हजार
- संघिय सरकार र कर्णाली प्रदेश सरकारको निशर्त अनुदान रकम रु.२१ करोड १७ लाख ५८ हजार
- कुल जम्मा ४८ करोड ७५ लाख ७० हजार मात्र
- उपरोक्त आयमा चालु आ.व.मा खर्च हुन नसकेको बजेटहरु समावेश गरिएको छैन । त्यस्तो बजेट नियमानुसार सञ्चित कोषमा
जम्मा हुने भएकोले सो रकम गाउ कार्यपालिका तथा गाउसभाको निर्णयानुसार खर्च गरिनेछ ।
(२११) अध्यक्ष महोदय,
अव म आर्थिक बर्ष ०७८।०७९ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
(२१२) करदाता, लगानीकर्ता र आमनागरिकले अपेक्षा गरेको आदर्श कर प्रणाली बाट अभिप्रेरीत भएर आगामी वर्षको राजश्व संकलन गरिनेछ ।
क) सवै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने ,
ख) कर प्रणाली व्यवस्थित गरी उत्पादनमुलक उद्योग र व्यावसायको प्रवद्धन गर्ने ।
ग) करको संरचना र करका दरहरुको समय सापेक्ष सुधार गरी प्रगतिशिल र समन्यायीक कर प्रणाली विकास गर्ने ।
घ) राजश्व प्रशासनमा सुधार गर्ने ।
ङ) कर कानुनको पालना गर्न र गराउन लगाई राजश्व छलि तथा चुहावट नियन्त्रण गर्ने ।
च) चालु आ.व.बाट शुरु गरिएको सम्पत्ति कर प्रणाली थप व्यवस्थित गरिनेछ ।
(२१३) अध्यक्ष महोदय,
अब म आगामी बर्षको राजश्वको दर सम्बन्धि प्रस्ताव र कर प्रणालीको सुधारको कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।
कर प्रशासन
(२१४) कर प्रशासनलाई व्यवस्थित गर्न आगामी आ.ब देखि चौकुने गाउ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुमा राजश्व संकलनमा जिम्मेवारी र लक्ष्य तोकिनेछ ।
(२१५) अध्यक्ष महोदय,
गतआर्थिक बर्ष ०७६।०७७ को खर्च, चालु आर्थिक वर्ष ०७७।०७८ को संशोधित अनुमान, आगामी आ.व ०७८।०७९ को अनुमानित आय व्ययको विवरण, योजना तथा कार्यक्रम अनुसूचिहरुमा उल्लेखित गरेको छु ।
(२१६) अध्यक्ष महोदय,
मैले पेश गरेको बजेटले चौकुनेको सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रहरुमा निर्माण र नवनिर्माणले दु्रत गती पाई नागरिकहरुले आर्थिक, सामाजिक र भौतिक क्षेत्रमा सकारात्मक परिवर्तनको महशुस गर्ने मेरो विश्वास रहेको छ । साथै उद्यमशिलताको जगमा अर्थतन्त्र गतिशिल हुँदै एउटा बृहत्तर आर्थिक आधार तयार हुने र विकास तथा सम्मृद्धिको यात्रा श्रीगणेश हुने विश्वास लिएको छु ।
बजेट कार्यान्वयन
(२१७) प्रक्रियामा होईन नतिजामा आधारित वस्तुगत अनुगमन प्रणालीको विकास गरी विकासको अपेक्षित प्रतिफल प्राप्त गर्ने व्यवस्थापकीय, प्रशासकीय र पर्यावरणीय प्रवन्ध मिलाई बजेटको प्रभावकारी कार्यान्वयन गरिनेछ । यसका लागि आय व्यय तथा बजेट खर्च लेखांकन सम्वन्धी सुत्र प्रणाली लाई निरन्तरता दिईनेछ ।
(२१८) विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनको लागि कर्मचारीको दक्षता, जनताको सहभागीता र पदाधिकारीको सार्वजनिक उत्तरदायित्व जरुरी हुन्छ । चौकुनेमा सवैले आ आफ्नो क्षेत्रबाट सहयोगात्मक, रचनात्मक सहयोग गरी समृद्ध चौकुने बनाउने अभियानमा साथ दिनु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा लिएको छु ।
(२१९) अध्यक्ष महोदय,
यो बजेट तर्जुमा गर्दा मार्गनिर्देश गर्नुहुने सभाका सम्पुर्ण सदस्यज्यूहरु, स्वतःउत्प्ररित भई अहोरात्र खटिनु भएका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु , उद्यमी, व्यापारी, शिक्षक, बुद्धिजिवी, वि।िभन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु र समग्र चौकुनेवासी नागरिकहरु धन्यवादका पात्र हुनुहुन्छ । बजेट निर्माणमा दीर्घकाली सोच सहितको विकास रणनीति र मार्गदर्शन गर्नु हुने अध्यक्षज्यू प्रति आभार व्यक्त गर्न चाहन्छु ।
जय चौकुने
धन्यवाद


दर्शन खबर । १० असार २०७८, बिहीबार