
भेरिगंगा । भेरिगंगा नगरपालीका सुर्खेतले आर्थिक वर्ष २०७८-०७९ का लागी ५९ करोड भन्दा बढकिो बजेट ल्याएको छ । विहिवार नगरपालिको नवौँ नगरसभामा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले उक्त बजटे नगरसभामा प्रस्तुत गरेका हुन । विहिवार नगर सभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा भेरिगंगा नगरपालीकाको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रको विकासका लागी नेपाल पत्रकार महासंघ सुर्खेत संग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमरु नगरसभामा पेश गरिएको छ ।


दर्शन खबर । १० असार २०७८, बिहीबार