कर्णाली प्रदेशसभाको बजेट अधिवेश भोलीदेखी

सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन भोलीदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभाको आठौं अधिवेशन आव्हान गर्नु भएको हो । प्रदेशसभा भवन वीरेन्द्रनगर सुर्खेतमा जेठ २४ गते दिनको २ बजे बैठक शुरू हुने प्रदेश प्रमुखको कार्यालयमा जारी विज्ञप्तिमा उल्लेख छ । आर्थिक कार्यविधि ऐन संशोधन यस्तै प्रिबजेट छलफलको समए गुजारेको प्रदेश सरकारले त्यस सम्बन्धी नियम संशोधनका लागि कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशमार्फत दोस्रो संशोधन गरेको छ । ऐनमा बजेट ल्याउनुपूर्व एक महिनाअघि र प्रदेशसभा नियमावलीमा कम्तीमा १५ दिन अगाडि आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा प्रि–बजेट छलफल गराइसक्नुपर्ने कानूनी व्यवस्था थियो । अब अध्यादेश अनुसार बजेट ल्याउने दिन असार १ गतेभन्दा सात दिन पहिले सदनमा प्रि–बजेट छलफल गराउन सकिने व्यवस्था कायम भएको छ । मन्त्रिपरिषद्को जेठ २० गतेको बैठकले सो अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख कलौनीले उक्त अध्यादेश स्वीकृत गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया