कर्णाली प्रतिष्ठानमा विशेषज्ञ सेवा थप

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको जानकारी गराएका हुन ।

उनले कर्णालीवासीले नाक, कान, घाँटी, स्नायु, छाति र छाला रोगको उपचार पनि जुम्लामै हुने बताए ।

प्रवक्ता भट्टराइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस, बीएनएस, ब्याचुलर इन क्लिनिकल न्युट्रेशन विषयहरुको निरीक्षण भएर सञ्चालनको तयारीमा रहेको बताए । उनले शिक्षक, आवास, कक्षाकोठा, अस्पतालदेखि चेरेचौरसम्मको बाटो व्यवस्थापन, आधारभुत साइन्स भवन निर्माणका लागि सम्झौता भई काम शुरु भइसकेको जानकारी समेत दिए । अहिले स्नातकोत्तर तहको कार्यक्रमको कोटामा पाँच जना भर्ना भएर अध्ययन गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया