प्रदेश अस्पताल केन्द्र मातहत लैजान खोज्नु संघीयतामाथि प्रहार

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतलाई केन्द्र सरकारले आफ्नो मातहतमा लैजाने तयारी गरेपछि त्यसको विरोध भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा आइसकेको अस्पताललाई फेरि केन्द्र मातहतमा लिन खोजेपछि यहाँका राजनीतिक दलहरुले यसलाई संघीयताको मर्ममाथि नै प्रहार भएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले यसको कडा रुपमा विरोध गरेको छ । माओवादी केन्द्रका नेता एवम् कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले प्रदेश सरकारबाट अस्पताल खोस्ने काम गलत हुने बताए ।

उनले केन्द्रले सहयोग गर्नुको साटो प्रदेश सरकारको मातहतमा रहेको अस्पताल खोसेर लैजाने काम संघीयता विरोधी भएको बताए । अस्पताल केन्द्रको मातहतमा लैजानु गलत हुने उनको प्रतिक्रिया छ ।

यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कलमराज रेग्मीले प्रदेश अस्पताल संघको मातहतमा लैजाने काम संघीयतामाथि नै प्रहार गर्न खोजिएको बताए ।

माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले पनि प्रदेश अस्पताललाई प्रदेश सरकारकै मातहतमा राख्दा उपयुक्त हुने बताए ।


तपाईको प्रतिक्रिया