छिन्चु-जाजरकोट सडक १४ घण्टा पछी सुचारु

गरर्भाकोट । पहिरोका कारण मंगलबादेखी बन्द भएको छिन्चु जाजरकोट सडक खण्ड संचालनमा आएको छ ।
सुर्खेत र सल्यानको सिमानामा पर्ने गुर्भाकोट नगरपालिका वडा नम्वर ३ धारापानी नजीकै शाखा सडक खन्ने क्रममा मंगलवार पहिरो खस्दा करिब १४ घण्टा सडक अवरुद्ध भएको थियो ।
पहिरो डोजर लगाएर हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यन्न बोकेका गाडी जाममा परेका थिए ।


तपाईको प्रतिक्रिया