सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप आठ जना कोरोना संक्रमितको मुत्यु भएको छ।
कर्णालीका विभिन्न पाँच जिल्लामा गरी आठजना कोरोना संक्रमितको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बताएको छ । जसमा तीन महिला र पाँच पुरुष छन् ।
निर्देशनालयका निमित्त प्रमुख डा.रविन खड्काका अनुसार जाजरकोट भेरी नगरपालिका ४ की ४५ वर्षीय एक महिलालाई उपचारको क्रममा नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको एन्टिजेन परीक्षणबाट कोरोना रिर्पोट पोजेटिभ आएको थियो। त्यस्तै, मृत्यु हुनेमा दैलेखको भैरबी गाउँपालिका ४ का ४५ वर्षीय पुरुष, सल्यानको शारदा नगरपालिका १ का ६७ वर्षीय पुरुष, सल्यानकै छत्रेश्वरी गाउँपालिका ६ का ६५ वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ७२ वर्षका पुरुष, वीरेन्द्रनगर १० का ४२ वर्षका एक पुरुष र ३६ वर्षकी एक महिला र लेकबेसी नगरपालिका ५ का ३८ वर्षिय महिला गरी आठ जनाको मृत्यु भएको डा.खड्काले बताए ।
हालसम्म कर्णालीका विभिन्न जिल्लामा गरी कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७३ पुगेको छ ।



दर्शन खबर । २४ बैशाख २०७८, शुक्रबार