म्यानचेस्टर युनाइटेड यूरोपा लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ को जित निकाल्दै युनाइटेड फाइनल पुगेको हो।

इटालियन क्लब रोमाको मैदानमा भएको खेलमा पराजित भए पनि पहिलो लेगेको ६-२ गोलको जितको कारण युनाइटडले फाइनल यात्रा तय गरेको हो।

दोस्रो लेगमा रोमाका इडेन डेज्को र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे ।

युनाइटेडका एडिन्सन काभानीले दुई गोल फर्काए पनि एलेक्स टेलासले एक आत्मघाती गोल गरेका थिए।

जितसँगै युनाइटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ।

भिल्ला रियलले समग्रमा आर्सनललाई २-१ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

यूरोपा लिग अन्तिम उपाधि सन् २०१७ मेमा जोस मोउरिन्होको नेतृत्वमा युनाइटेडले जितेको थियो। युनाइटेडले फाइनलमा अजेक्सलाई २-० ले हराएको थियो।


तपाईको प्रतिक्रिया