सुर्खेत बसपार्कबाट लागूऔषधसहित दुई जना पक्राउ


सुर्खेत । प्रहरीको टोलीले दुइ जनालाइ लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषद सहित २ जनालाई पक्राउ गरेको छ ।
२२ गते दिउँसो विषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोको टोली र जिप्रका खटिएको प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर नयाँ बसपार्कमास्थित सुनिता होटलको अण्डर ग्राउण्ड कोठामा जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका-७ का २५ वर्षीय हिमाल आले मगर र वीरेन्द्रनगरपालिका- ४ का १९ वर्षीय धिरज खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उनका अनुसार उनीहरुको साथबाट ८ ग्राम १ सय ५० मिलिग्राम लाग्रूऔषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।


तपाईको प्रतिक्रिया