हिमशिखर बहुमुखी क्याम्पसको भवन निर्माण सम्पन्न हुदैँ

सुर्खेत । हिमशिखर बहुमुखी क्याम्पस रामघाटकोे भवन निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । भेरिगंगा नगरपालिका वडा नम्वर ११ रामघाटमा रहको उक्त क्याम्पसको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ । २०७५ सालमा भेरिगंगा नगरपालिका, विश्वविद्यालय अनुदान आयोग, कणर्ाली प्रदेश सरकार र संघिय संसद विकास कोषको साझेदारीमा कुल १ करोड ८४ लाखको लागतमा क्यापसको भवन निर्माण सुरु गरिएको थियो । उपभोक्ता समिती मार्फत निर्माण भईरहेको क्याम्पसको भवन चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको सहायक क्याम्पस प्रमुख बालकृष्ण विसिले जानकारि दिनुभयो । २०६९ सालमा स्थापना भएको क्याम्पसमा अहिले विएड र बिबिएस संकायमा पढाई भईरहेको पनी सहायक प्रमुख विसिले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया