
सुर्खेत ।
सुर्खेत घर भई हाल गुराँस गाँउपालिका वडा नं.–४ दैलेखको सेरीमा मामाको घर बस्दै आएकी १४ वषर्की बालिकालाई गत २४ गते जबरजस्ती करणी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरि २७ गते सार्वनिक गरेको छ ।
पक्राउ पर्नेमा गुराँस गाँउपालिका वडा नं. ४ सेरी बस्ने २० बर्षिय राजन वि.क. रहेका छन ।
पक्राउ परेका वि.क.लाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।


दर्शन खबर । २८ पुष २०७७, मंगलवार