टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु एक घाइते ।


सुर्खेत ।
शुक्रबार भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चुमा वीरेन्द्रनगरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
टिप्परको ठक्करबाट गम्भिर घाइते बनेकी मोटरसाइकलमा सवार जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ लाटिकोइली बस्ने वर्ष २३ की तारा आले मगरको उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनकाअनुसार जिल्ला कालिकोट शुभकालिका गाउँपालिकाका वडा नम्बर –६ बस्ने मोटरसाईकल चालक २६ वर्षीय दुर्ग बहादुर शाही घाइते भएका छन् । टिप्पर र चालकलाई ईलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने स्थानीयले प्रदर्शन गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया