बलात्कारको आरोपमा एक पक्राउ


सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय दैलेखले ५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा मंगलबार  एक जनालाई पक्राउ गरेको छ। जिल्लाको नारायण नगरपालिका ८ सिमडास्थित ५ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

पक्राउ परेका बि.क. लाई जिल्ला अदालत दैलेखमा म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया