भविष्यमा प्लेनलाई एयरपोर्ट चाहिने छैन !

एजेन्सी
सीएनएन । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए
अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड दिइनेछ ।
रिपोर्टअनुसार अर्बपति र पूर्वन्युयोर्क मेयर माइकल ब्लुमबर्गले एउटा अडर गरिसकेका छन् । ब्लुमबर्गजस्ता व्यवसायीहरूले ‘टिल्ट–रोटर’लाई आफ्ना घर नजिक राख्न सामर्थ छन् । यसको उडान गति ३०० माइल प्रतिघण्टा हुनेछ । यस यानलाई कुनै पनि हेलिप्याडमा अवतरण गर्न सकिन्छ ।
यसका लागि कुनै विमानस्थल आवश्यकता पर्दैन ।
‘टिल्ट–रोटर्स’ले अङ्ग प्रत्यारोपण प्रक्रियामा महत्त्वपूर्ण समय बचाउन सक्छ ।
उदाहरणका लागि उनीहरूले दाताहरूको मुटु अस्पतालको हेलिप्याडबाट लिन सक्छन् र तत्कालै १००० माइल दूरीमा रहेका अर्को अस्पतालमा ओराल्न सक्छ । यसले गर्दा विमानस्थललाई पूर्णत बेवास्ता गर्न सकिन्छ ।
खोज र बचाउन अभियानमा उपयोगी । न्यून–उचाइमा उड्ने खोज विमान जमिनमा रहेको मानिसहरूलाई त पहिचान गर्न सक्छ तर ती मानिसलाई सुरक्षित स्थानमा लानका लागि भने पुनः हेलिकप्टर नै पठाउनुपर्छ ।
तर अब ‘टिल्ट रोटर’ हवाइजहाजले समय मात्र होइन मानिसहरूको ज्यान पनि बचाउनेछ । यसले गर्दा लामो दूरीको खोज अभियान र त्यसपछि जमिनमा मानिसलाई उडेर मासिनहरूलाई आश्रय दिनेछ ।

तपाईको प्रतिक्रिया