नवजनशक्तिको अध्यक्षमा तिवारी


सुर्खेत ।
लेकवेशी नगरपालिका वडा नम्बर–४ दशरथपुरमा रहेका तीन वटा सहकारी संस्थाहरु जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि., शक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. र नवउद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि.एकिकृत भएर नयाँ बनेको नवजनशक्ति बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा मुक्ति प्रसाद तिवारी निर्वाचित भएका छन ।
गत पौष १२ गते देखी १८ गते सम्म भएको संयुक्त एकिकृत साधारण सभाबाट निर्वाचनकालागि चुनिएका प्रतिनिधिहरु मार्फत संस्थाको सञ्चालक समिति चयन गर्न शनिबार भएको निर्वाचनमा तिवारी अध्यक्षमा निर्वाचित भएका हुन ।
यस्तै उपाध्यक्षमा धर्मकुमारी आचार्य, सचिवमा प्रेमलाल चपाई, कोषाध्यक्षमा प्रेमकुमारी आचार्य र लेखा संयोजकमा प्रकाश चन्द ओली निर्वाचित भएका छन भने सदस्यहरुमा सुरथ बहादुर अधिकारी, रेशमलाल चालिसे, चिरनजीवि शर्मा, सरुमा कामी, हरिसरा वली र भक्त बहादुर रोकाय निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया