मदन भण्डारी लोकमार्ग अन्तरगत खोल्टेपानी जग्गा विवाद,तिवारीका नाउँमा अन्तरिम आदेश


सुर्खेत । मदन भण्डारी लोकमार्ग अन्र्तगत लेकवेशी नगरपालिका वडा नम्वर ६ खोल्टेपानीमा जग्गा विवादका सम्बन्धमा उच्च अदालत सुर्खेतले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
धुलियाविट, भेडारवारी, दाङको पुरनधारा जोड्ने मदन भण्डारी लोकमार्गको खोल्टेपानीमा पुरानो बाटो कायम नगरी नयाँ बाटो बनाउन लेकवेशी नगरपालिकाको कार्यपालिकाले निर्णय गरेपछि स्थानीयले विवाद गरेका थिए । सोही बमोजिम गत मंसिर ११ गते उच्च अदालत सुर्खेतमा तुल्सीप्रसाद तिवारी समेतले निवेदन दर्ता गराएका थिए ।
निवेदनका आधारमा बिहिबार भएको बहसले लेकवेशी नगरपालिकाको कार्यापालिकाका नामममा अन्तरिम आदेश जारी गरेको छ । ‘निवेदनमा उल्लिखित जग्गाहरु निवेदकको दर्ता स्रेस्ताको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्मको अवधिका लागि साविक नापीबाट कायम भएको बाटो बाहेक निवेदकका दर्ताको स्रेस्ताभित्रका जग्गाहरुबाट सडक निर्माण गर्ने तथा लगत कट्टा गर्ने कार्य नगर्नु नगराउनु ।’ अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया