सुर्खेत । पिपलबोट बचत तथा ऋण सहकारी संस्था लीमिटेडको १८ औँ वार्षीक साधारणसभा सुरु भएको छ ।
वीरेन्द्रनगर ४ भैरवस्थान सुर्खेतमा रहेको उक्त संस्थाको को १८ औ वार्षिक साधारण आईतवारदेखी उद्घाटन सुरु भएको हो भने साधारणसभा साताव्यापी रुपमा संचालन हुने संस्थाले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी वरिेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले संस्थाले वीरेन्द्रनगर नगरपालिकाका क्षेत्रमै बचत तथा ऋण सहकारीको हकमा उल्यखनिय र प्रशंसनिय कार्य गरेको र संस्थाको आगामी दिनमा थप ब्यवसायिक सफल्लताको सुभकामना दिनुहुदै सहकारी संस्थालाई नियमन तथा नीतीगत अप्ठेराका बिषयमा आफू सधै सहकारी संस्थाको पक्षमा रहेको र नीतीगत अप्ठेराहरुलाई सहजीकरण गर्न सधै सकारात्मक रहेको समेत उल्लेख गरिन ।

संस्थाका अध्यक्ष टेकराज कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा एवं वीरेन्द्रनगर नगरकार्यपालिका उपप्रमुख मोहन माया ढकाल, वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष निलकण्ठ खनाल लगाएको सहभागितामा उद्घाटन भएको संस्थाको १८औ वार्षिक साधारणसभा २०७७ मंसिर २१ देखी २७ गतेसम्म सञ्चालन हुने छ । हाल विश्वभर फैलिएको कोरोना भाईरस का कारण यस बर्षको वार्षिक साधारणसभा चरणबद्धरुपमा सञ्चालन गर्ने गरी उपस्थीती खुल्ला गरिएको संस्थाका प्रवन्धक रमेश खनालले बताए ।
साथै यस बिषम प्ररिस्थीतीमा संस्थाको १८ औ वार्षिक साधारण सभा लाई सफल बनाउन स्वास्थय सुरक्षाका मापदण्डलाई परिपालना गरी सदस्यको उपस्थीतीलाई व्यवस्थीत गर्न चरणबद्धरुपमा सदस्यको उपस्थीती आवश्क रहेको प्रवन्धक खनालको भनाई रहेको छ ।



दर्शन खबर । २२ मंसिर २०७७, सोमबार