अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

सुर्खेत ।
सुर्खेतमा रहेको भेरी अन्चल आयुर्वेद औषधालय व्यवस्थापन समितका नव नियुक्त अध्यक्ष बिनोद ढकालले पदभार ग्रहण गरेका छन् ।
सामाजिक मन्त्रालयमा पद तथा गोपनीयताको सपथ गरे लगत्तै अस्पतालमा पुगेर उनले पदभार ग्रहण गरेका हुन ।
कर्णाली प्रदेश सरकारले दुई साताअघि ढकाललाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।
भदभार गदै ढकालले आयुर्वेद अस्पताललाई सुविधायुक्त बनाउदै सेवालाई प्रभावकारी बनाउन पहल गर्ने बताए ।
उनले आयुर्वे्दिक औषधालयलाई कर्णालीबासीको भरोसा योग्य बनाउन आवश्यक सहयोग गर्न सामाजिक मन्त्रालयलाई आग्रह गरे ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा रहेको बहुमुल्य जडिबुटीलाई उपयोग गरी कर्णालीबासीलाई स्वस्थ बनाउन अध्यक्ष ढकाललाई सुझाव दिए । उनले औषधालयलाई सुविधा सम्पन्न बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
दैनिक सयौं विरामी आउने औषधालयमा आवश्यक स्रोत साधान र जनशक्ति नहुँदा चाहे अनुसारको सेवा दिन नसकिएको भन्दै औषधालयका प्रमुख डा. महेश खनालले नयाँ समितिले त्यो आवश्यकता पुरा गर्ने विश्वास लिएको बताए ।

तपाईको प्रतिक्रिया