कालिकोटमा आम्दानीको मुख्य स्रोत बन्दै अल्लो

कालिकोट । कालिकोटका वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको मुख्य स्रोत बनेको छ ।
जिल्लाका पहाडी तथा उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीय वासीले आय आर्जनको अवसर पाएका हुन् ।
जिल्लाको शुभकालिका गाउँपालीकाको भर्र्तालेख, हाउडिलेख लगायतका क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् ।
केही वर्षअघि सम्म त्यसै कुहिएर खेर जाने गरेको पुवा संकलन गरेर एकै जनाले मासिक ५० हजारसम्म आम्दानी गर्न सफल भएको शुभकालिका गाउँपालिका–३ का भतm रोका मगरले बताए ।
स्थानीयवासीका अलावा जंगलमा भेडाबाख्रा र गाईवस्तु चराउन जाने गोठालाले पनि लोक्ता संकलन गरेर अतिरिक्त आम्दानी गरेका छन् ।
अल्लोको पुवा प्रशोधन गरेर धागो र कपडा बनाउने गरिएको छ । एक किलो पुवा ४ सय मा बिक्री हुने गरेको छ ।
जिल्लाको एकमात्र अल्लो प्रशोधन उद्योग हो । जंगलबाट ल्याएको पुवालाई तातोपानीमा पकाएर सुकाएपछि स–सानो रेशा निस्कने गर्छ ।
उनिमात्र होइनन् सोहि गाँउका १० जना महिला र १० जना पुरुष गरि २० जानले यसैवाट रोजगारि पाइरहेका छन् ।
वेरोजगारि युवा युवति हरुलाई आर्थिक सहयोग गरि रोजागारि शृर्जना गर्ने मानव अधिकार तथा वातवरण विकास केन्द हुरेन्डेक पे्ररणको स्रोत बनेको उद्यम संचालन पछि सिप सिक्न आएकी पानसरा रोका मगरले बताईन ।
बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने अल्लोका कपडाको माग वढिरहेको उनले बताईन आफुहरुले उत्पादन गरेका वस्तुहरु नेपालका ठुला ठुला शहर र स्थानिय वजारमा जाने गरेको छ।थप चार सय मिटर कपडा बिक्री हुन बाँकी रहेको र बजारको खोजी भइरहेको मगरले बताईन ।
प्रतिमिटर अल्लोका कपडा गुणस्तरअनुसार ४ सय देखि ८ सय ५० का दरले बिक्री हुने गरेको छ ।


तपाईको प्रतिक्रिया