लोचन सापकोटा । सुर्खेत । सामान्यतया बायोचर भनेको सुकेको भाग वा हाँगाँबिगाँलाई अक्सजिन सहित वा अत्यन्त कम अक्सीजन भएको अबस्थामा उच्च तापक्रममा तताएर बनाईएको एक प्रकारको अंगारको बायोचर बनाउदाँ बनस्पतिमा रहेको कार्बन थोरै मात्रामा मात्र कार्बनडाईअक्साईड परिणत भई उडेर जान्छ, र धेरैजसो मात्रामा कार्बन करिब (९०% बढि )बायोचरमा सुरक्षीत हुन्छ ।
जस्ले गर्दा पृथ्वि बाट बायुमण्डलमाजाने कार्बनडाई अक्साईडको मात्रा कम हुन जान्छ । त्यसैले जलबायु परिर्वतनको सन्दर्भमा बायोचरले जलबायु परिर्वतन न्युनिकरणमा महत्वपुर्ण भुमीका खेल्ने देख्न सकीन्छ । यो बायोचर कृषीको दृष्टिकोणले हेर्ने हो भने पनि धेरैनै महत्वपुर्ण छ ।
कृषकहरुले बायोचर बनाई माटोमा मीलाएर प्रयोग गरेमा यसले माटोको गुणस्तरमा राम्रो प्रभाब पार्न र कृषी उत्पादनमा बृद्धि हुने समेत सहयोग गर्दछ । यसमा कार्बन, हाईड्रोजन, अक्सीजन, सल्फर, पोटास, र थोरै मात्रामा नाईट्रोजन तत्व पनि पाइन्छ । बायोचर मल होईन र यसलाई हामीले मलको बिकल्पको रुपमा लिनुहुदैन ।
तर यसको प्रयोगले माटोका भौतिक रासायनिक जैविक ता पर्याबरणीयमा उल्लेखनिय सुधार ल्याउदछ । बायोचरको प्रयोगले माटो मलिलो बनाउने, माटो गुणस्तर बढाउने र बोटबिरुवालाई चाहिने खाद्य तत्वको समुचित ब्यवस्थापन मा समेत योगदान पु¥याउदछ । बायोचरलाई हामीले कृषीको कालो सुन पनी भनेर चिनिने गरेको छ ।
बायोचर भनेको धेर मात्रामा कार्बन भएको र ४००—८००ं सेल्सीइस तापक्रममा र अक्सीन रहति अबस्थामा जलेर बनेको एक प्रकारको अंगार हो । बायोचरमा स साना छिद्रहरु हुन्छन् र बिरुवालाई आवश्यक पर्ने खाद्ययतत्व पानीमा घुलनसील भई बायोचरको छिद्रमा बस्दछन् । त्यसैले यसको प्रयोग ले माटोको गुणस्तरमा राम्रो प्रभाब देखीने गरेको छ ।
बायोचर बनाउने बिधि
स्थानिय गाँउ बस्ति वरपर खेरजाने झारपात, बनमारा, बगैचामा काटछाट गरीयका हाँगाँबिगाँ, गाईभैसीले घाँस खाई बचेका हाँगा, धानको खस्रो भुस काठको धुलो हाँडखुर र कफी प्रशोधन गर्दा निस्कीने बोक्रा र भुसलाई उपयुक्त तापक्रममा बालेर बायोचर बनाउने गरीन्छ । बायोचर बनाउनका लागी करिब १.५ देखी २ मीटर सम्म गोलाई भएको र १ मीटर गहिराई भएको खाडल तयार गर्नु पर्दछ ।
खाडलको माथिको भागको गोलाई जे जति छ त्यसको तल पीधको भागको गोलाई भने ठिक आधा हुनु पर्दछ र भिरालो बनाउन पर्दछ । बायोचर बनाउदाँ सुरुमा भट्टीको तल्लो भागमा दाउरा राख्ने त्यस पछि कागज जस्ता छिट्टै आगाले टिप्ने सामाग्री राखी आगो बाल्नु पर्दछ । बायोचर बनाउने सामाग्रीलाई एकै पटक नजलाई थोरै थोरै गरी जलाउनु पर्दछ ।जस्ले गर्दा बनस्पतिलाई खरानि बन्न दिदैन र अंगारको रुपमा परिरणत गर्दछ । बायोचर बनाउदा कालो धुवाँ आउन दिनु हुदैन । बनस्पतिलाई खरानि बन्न नदिनकालागाी जल्दा जल्दै गरेको अवस्थामा अर्को बनस्पतिको सामाग्री थप्नु पर्दछ । समाग्री थप्दा भने थोरै थोरै गरी थप्नु पर्दछ । त्यस पछि पानी वा गहुतले बलदै गरेको आगोलाई निभाईदिनु पर्दछ । बायोचर सेलाएपछि वा अर्काे दिन खाडलबाट निकाल्नु पर्दछ ।
- बायोचरको प्रयोग
बायोचरको प्रयोग गर्दा यसलाई पिधेँर धुलो बनाई मल संग मीसाएर माटोमा प्रयोग गर्नु पर्दछ जुन धेरै नै प्रभाबकारी मानिन्छ । यसलाई गाई बस्तुको गोबर, मल, गहुत आदि संगै मीलाएर प्रयोग गरेमा यसकाृ असर रम्रो मानिन्छ । बायोचर मात्र प्रयोग गर्न हुदैन । एक रोपनि जग्गा बराबर २००—३०० केजि सम्म बायोचर प्रयोग गर्न सीफारीस गरिन्छ । - बायोचरका फाईदाहरु
- बिरुवाको खाद्यतत्व प्राप्तिमा सहयोग गर्दछ र खाद्यतत्व नासीएर वा चुहिएर जानबाट रोक्दछ ।
- बायोचरको प्रयोगले बोट बिरुवामा रोग कीराको प्रकोप कम गर्दछ ।
- खेतबारीमा यसको प्रयोगले माटोमा रहेका सुक्ष्म जिवहरु र गँड्यौलाको उपस्थिती बढाउन मद्वत गर्दछ ।
- पशु र मानविय क्रयाकलापबाट उत्र्सजन हुने ग्यास उत्पादनमा कमी ल्याउदँछ ।
- रातो कमीला तथा धमीराको नोक्सानि घटाउन पनि मद्वत पु¥याउदछ ।
- रासायनिक मलको परनिर्भतालाई हटाउँदछ ।
- माटोमा चिस्यान कायम राख्न ।
- यसको प्रयोगले माटोका कार्वन संचित गरी माटोको उर्वरा शक्ती बढाउन आदि ।
नेपालमा मुख्यतयाः बायोचरको प्रयोग धान, जौ, उखु, मकै र अन्य खाद्यान्न बालिमा गरेको पाईन्छ । यसका साथै तरकारीमा प्याज, खुर्सानि, गोलभेडाँ, फर्सी र आलुमा नि प्रयोग गरेको पाईन्छ ।
जसकारण वायुमण्डलमा कार्वडाईअक्साईडको मात्रा कम, कृषी उत्पादनमा बृद्वि र माटोमा सुधार भएको छ ।
लेखक
बि.एस.एजि. अध्यनरत बिद्यार्थी हुन्


दर्शन खबर । १८ आश्विन २०७७, आईतवार