सुर्खेत १०, असोज । नेपाल निजामती कर्मचारी संगठन भेरीगंगा नगरपालिका सुर्खेतको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका छन् ।
शुक्रबार भएको भेलाले संगठनको महिला उपाध्यक्षमा हेमा गुरुङ, उपाध्यक्षमा राजकुमार रोकाय, सचिवमा डम्मर ढकाल, कोषाध्यक्षमा लालबहादुर बुढा र सह–सचिवमा उज्ज्वल रावतलाई चयन गरेको हो ।
यस्तै, संगठनको सदस्यहरुमा रत्ना उपाध्याय, टोपेन्द्र तारामी, ईन्द्रबहादुर के.सी, क्षितिज राना, मन्दराकुमारी वस्नेत चयन भएका छन् ।
भेलाले संगठनको एक सल्लाहकार समिति समेत चयन गरेको छ । चयन भएका सल्लाहकारहरुमा भोजप्रसाद चपाई, चन्द्रदेव गिरी, धनबहादुर सुनार, देवीलाल जैसी रहेका छन्
यसअघि संगठनको भेरीगंगा भेला उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य एवम् कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री खड्कवहादुर खत्रीले संगठनमा आवद्द कर्मचारीहरु रोलमोडल वन्न सुझाव दिए । उनले जताततै भ्रष्टाचारको गन्ध आईरहेकोले संगठनमा आवद्ध कर्मचारीहरु यसवाट टाढा वस्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका विशेष अतिथि निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष मोहोन गिरीले आफ्नो संगठन नेपालकै एक नम्वरको संगठन भएको दावी गर्दै सिविए निर्वाचन जित्न कसैको साथ र सहयोग आवश्यक नपर्ने चेतावनी दिए । ताकत भए आगामी निर्वाचन जितेर देखाउन प्रतिश्पर्धी संगठनहरुलाई चुनौती दिए ।
संगठनका सुर्खेत जिल्ला अध्यक्ष लालबहादुर खत्रीले निजामती कर्मचारीहरु वीच आफ्नो संगठन अव्वल भएको दावी गर्दै आगामी सिविए निर्वाचनमा संगठनले एकछत्र विजय हासिल गर्ने ठोकुवा गरे ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका सुर्खेत जिल्ला उपाध्यक्ष राजेश आचार्यले सवै सदस्यहरु एकजुट भै अघि वढ्दा जुनसुकै शक्तिलाई पनि परास्त गर्न सक्षम हुने दावी गरे । उनले संगठनका सदस्यहरु हरदम रचनात्मक काममा लागिरहनु पर्ने सुझाव दिएका थिए ।



दर्शन खबर । १० आश्विन २०७७, शनिबार