काँक्रेविहार यातायातको नयाँ तदर्थ समिति, अध्यक्षमा शाही

सुर्खेत । सुर्खेतमा सञ्चालीत काँक्रेविहार यातायात व्यवसायी समितिले नयाँ तदर्थ समिति गठन गरेको छ ।
प्हिलाको संघलाई विघटन गरेर धनराज शाहीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
संघको १२ औँ साधारण सभा सम्पन्न गर्दैे तदर्थ समितिको उपाध्यक्षमा सन्तोष विष्ट, सचिव कलमबहादुर खड्का, सह–सचिव पंकज ढकाल र कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपाने चयन गरेको छ ।
यस्तै, सदस्यहरुमा मनोजकुमार शाही, बमबहादुर शाही, पदम सिंह विक, टंकप्रसाद पाण्डे, मुक्तिनाथ बराल र धवलसिंह धामी रहेका छन् ।
संघको कार्यसमिति विघटन भइसकेकाले चुनावमा केही व्यक्ति सहभागी हुन नमानेपछि तदर्थ समिति गठन गरिएको हो ।
प्रा.लि.मा रुपान्तरण हुन समयका लागि व्यवासयीको दुई तिहाइले तदर्थ समिति चयन गरेको गरेको छ ।

तपाईको प्रतिक्रिया