गमगढीबाट रारा जान अव छोटो बाटो


मुगु, १९ भदौ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो ।
नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ ।
कणाली राजमार्ग भएर रारा आउने पर्यटक दूरी टाढा हँुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि त्यसको फाइदा सदरमुकामवासीले लिन सकेको थिएनन् ।
अब सदरमुकामबाटै छोटो दूरीको पर्यटकीय मार्ग निर्माण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन् ।
रारा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि यहाँ खान, बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बाँस, गाँसको समस्या भोग्नुपरेको पर्यटकले गुनासो गर्दै आएका थिए ।
सदरमुकामबाटै छोटो दूरीमा रारा पुग्ने पर्यटकीय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटेलमा पर्यटक बास बस्न, रारा घुमेर पुन बास बस्न सदरमुकाममै आउन सक्नेछन् ।
रारामा तालबाहेक अन्य पर्यटकीयस्थलको विकास र प्रचारप्रसार नहुँदा पर्यटक बसाई छोटाएर फर्कने गरेका थिए, सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर, छायाँनाथ, ऋणिमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु एकमा अङ्किल चङ्खेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकको बसाई लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनेछ ।

तपाईको प्रतिक्रिया