नाग्म बजारमा पहिरो खस्यो, चार घर पुरिए


कालीकोट, १४ भदौ । जुम्ला र कालीकोटको सिमानामा पर्ने कालीकोटको तिलागुफा नगरपालिका वडा नम्वर १ को नाग्म बजारमा पहिरो खस्दा चार ओटा घर पुरिएका छन ।
घरभित्र दश जना मानिस पुरिएको हुनसक्ने अनुमान गरिएको छ । यस क्षेत्रमा संचारको कुनै पनि सेवा र सुविधा नभएकाले जिल्ला प्रशासन कार्यालय कालीकोट र नजिकै पर्ने जुम्लामा खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिला भएको स्थानीयले जनाएका छन् ।
कर्णाली राजमार्गकै किनारका घरहरुमा पहिरो खसेकाले अहिले राजमार्ग पूर्णरुपमा बन्द भएको छ । भत्केको घरभित्रबाट मानिसको आवाज आएको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया