‘शव वहान’ सञ्चालनमा ल्याउने प्रदेशकै एक मात्र सहकारी कान्तिपुर

सुर्खेत ।
२०७५ साल पौष महिनामा कान्तिपुर बहुउद्देश्य सहकारी संस्था लि.ले एक शव बाहन खरिद ग¥यो । संस्थाले २५ लाख लगानी गरेर सञ्चालनमा ल्याएको शव वाहनले सुर्खेत उपत्यका सहित जाजरकोट, दैलेख, नेपालगञ्ज लगायतका जिल्लाहरुमा सेवा पु¥याउन सफल भएको छ ।
२०७० सालमा स्थापना भएको यस सहकारीले नागरिकहरुलाई सहज र सस्तो दरमा सेवा उपलब्ध गराउन उक्त शव वाहन सेवा सुरु गरेको हो ।
सुर्खेत उपत्यकामा मृत्यु भएका मानिसहरुको शवलाई सहज र सुलभ तरिकाले सम्बन्धित स्थानसम्म पु¥याउनका लागी सहकारीले ‘शव बहान’ सञ्चालनमा ल्याएको सहकारी संस्थाका अध्यक्ष रमेश खड्काले जानकारी दिए ।
शव बहान सञ्चालनमा आएको करिब ४ महिनाको अवधीमा विभिन्न क्षेत्रका गरी झण्डै ८० वटा शव बोकिएको अध्यक्ष खड्काले जानकारी दिए ।
एक वटा शव ओसारे बापत बाटोको दुरी हेरी रु. ५ सय देखि ३ हजार ५ सय लिने गरेको संस्थाका अध्यक्ष खड्काले जानकारी दिए ।
आर्थिक रुपमा विपन्न नागरिकहरुलाई उनीहरुको अवस्था हेरेर निःशुल्क सेवा समेत दिएकोे खड्काको भनाइ छ । शव बहान सञ्चालनमा आएदेखि हालसम्म तीन वटा शवलाई निःशुल्क बोकिएको उनले बताए ।
साथै संस्थाका सेयर सदस्यहरुलाई भने सेवामा ५० प्रतिशत छुट दिईएको खड्काले बताए ।
आफुहरुको सेवाप्रति नागरिकहरु सन्तुष्ट भएको र सकारात्मक प्रतिक्रिया आएको बताउदै खड्काले भने, ‘सुर्खेतमा हालसम्म २ वटा ‘शव वाहन’ छन, सुर्खेत उद्योग बाणिज्य संघले एउटा र अर्को हामीले सञ्चालनमा ल्याएका हौँ, शव वहान सञ्चालनमा ल्याउने सहकारीहरुमा कर्णाली प्रदेशकै एक मात्र सहकारी कान्तिपुर बहुउद्देश्य सहकारी हो ।’
आगामी दिनहरुमा नागरिकहरुलाई उत्कृष्ट र सर्वसुलभ सेवा दिईने गरी योजना बनाएको बताउदैे खड्काले भने, ‘सहकारीले आगामी दिनमा हेल्थ क्लिनिक पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ ।’
उक्त शव बहान सञ्चालनमा आएदेखि मरेका मानिसहरुको शव बोकेबापत त्यसबाट करिव १ लाख ५० हजार रकम बराबरको कारोबार भएको कार्यालयका प्रमुख छवी तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया