सुर्खेत, ०८ भदाै । वीरेन्द्रनगर सुर्खेतमा भदौ १२ गते राती १२ बजे सम्म निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमवार दिएको जानकारी अनुसार ‘१२ गते राती १२ बजेसम्मका लागी वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार ‘१३ गतेबाट स्वास्थ्य सुरक्षाका लागि तोकिएका तथा सर्तको पालनाहुने गरी निषेधाज्ञा खुलाइने छ ।’
कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ ।
यसभन्दा अगाडी पनि स्थानीय प्रशासनले भदौ १ देखि ६ र ७ देखि ९ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको थियो ।




दर्शन खबर । ८ भाद्र २०७७, सोमबार