महिला स्वरोजगार कार्यक्रम प्रभावकारी


प्रतिमा परियार
वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्याएको महिला स्वरोजगार कार्यक्रम प्रभावकारी बन्दै गईरहेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन भएको कार्यक्रम प्रभावकारी बन्दै गईरहेको हो । कार्यक्रम अन्तर्गत ४० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको छ ।
कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले महिलाहरुको आर्थिक क्षमता बिकासका लागि कार्यक्रम प्रभाबकारी रहेको बताईन् । महिला दिदिबहीनिहरुको आर्थिक स्थीतिमा सुधार ल्याउने उद्देश्यले हामीले नीति तथा कार्यक्रममा यो राखेका हौ, उनले भनिन, सफल हुदै गएको छ ।
महिलाहरुको आर्थिक अवस्थालाई सवल बनाउन नगरपालिकाले नीति तथा कार्यक्रममा विभिन्न रोजगार कार्यक्रम समावेश गरेको उनको भनाई छ । पशुपालनको उर्वर क्षेत्रको रुपमा रहेको वडाको सम्भावनालाई ध्यान दिई बाख्रा वितरण गरिएको ढकालको भनाई छ ।
वीरेन्द्रनगर वडा न १५ का वडा अध्यक्ष पुन बहादुर पुनले सवैलाई सहयोगको सदुपयोग गर्न आग्रह गरे । जुन उद्देश्यले कार्यक्रम आयो, त्यही अनुसार सही सदुपयोग भयो भने महिलाहरुको आर्थिक स्थीतिमा सुधार ल्याउन सकिने उनको भनाई छ ।
वीरेन्द्रनगर १५ रतुमा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत ६ लाख अनुदान बापत ४० घरधुरीलाई बाख्रा वितरण गरिएको वडा नं १५ का सदस्य लक्ष्मी ज्ञवालीले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया