पानी मिसिएको पेट्रोल बिक्री गर्दै खत्री आयल स्टोर छिन्चु


सुर्खेत, २२ साउन । खत्री आएर स्टोर छिन्चुले पेट्रोलिएम पदार्थमा मिसावट गरि विक्री वितरण गरेको भेटिएको छ । भेरिगंगा नगरपालिका वडा नम्वर १२ छिन्चु बजारमा रहेको पेट्रोल पम्पले तेलमा पानी मिसावट गरि बेचेको पाईएको हो । भेरिगंगा नगरपालका वडा नम्वर १३ रामघाटका अटो रिक्सा चालक रविन्द्र चन्दका अनुसार आफुहरुले गाडिमा तेल हाले पश्चात केहि समयपछी गाडी चल्न छोडेको र तेल निकालेर हेर्दा तेलमा पानी मिसीएको भेटिएको हो । बुधवारका दिन उक्त पेट्रोल पम्पबाट पेट्रोल हालेका सबै गाडि तथा मोटरसाईकलहरुमा समस्या आएपछी आफुहरुले ईलाका प्रहरी कार्यालय छिनचुमा निवेदन दिएको चन्दले बताए ।

अहिले उक्त आयल स्टोरबाट तेल हालेका गाडिहरु मर्मतका लागी ग्यारेजमा राख्नु परेको चन्दको भनाई रहेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका पहरी निरिक्षक माधव चौधरीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा जानकारी गराएको बताए । खत्री आयल स्टोरका संचालक गोरख खत्रीले पेट्रोलमा पानी परेको स्वीकार गरेका छन् । पेट्रोल भण्डारण गरिएको ट्यांकी सफा नगरेको केहि वर्ष भएको कारण गर्दा यस्तो समस्या आएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उक्त विषयमा आफुलाई जानकारी आएको र पेट्रोलको नमुना माग गरिएको यदि मिसावट गरिएको भेटिएको अवस्थमा उक्त आएल स्टोरलाई कारवाही गर्ने बताए ।

तपाईको प्रतिक्रिया