घुस माग्दै बबईमा खटिएका ट्राफिक


डिल्ली शाही
सुर्खेत ।
बाँके र सुर्खेतको सिमाना बबईमा राखिएको चेक पोष्टमा खटिएका ट्राफिक प्रहरीका कर्मचारीले एक हजार रुपैया घुस मागेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले गर्दा विश्व नै आक्रान्त बनिरहेको बेला बबईका ट्राफिक प्रहरीले पैसालाई बढि प्रथामिकता दिएको  यात्रुको भनाई छ ।
बाँकेको बैजनाथ गाउँपालिका–४ का यात्रु धनिराम जैसीले आफुहरु साउन १५ गते बाँकेबाट बिरामी भेट्नकोलागि सुर्खेत जाँने क्रममा कोरोना रोकथामका लागि बबईमा राखिएको चेकपोष्टमा खटिएका ट्राफिक प्रहरीका कर्मचारीले आफुलाई पैसा दिएपछ मात्रै सुर्खेत जान दिने नत्र जान नदिने भनेको उनले बताए ।
उनले भने, ‘हामीलाई लगेर साउन १५ गते बाँकेबाट सुर्खेत जाँदै गरेको बा ५ ख ९१३६ को भ्यानमा पाँच जना विरामी भेटनका लागि सुर्खेत जादै थियौं, मैले त्यहाँको असई सावसँग अनुरोध पनि गरेको थिए, त्यसपछि हामी बबई चेक पोष्टमा पुग्यौ र त्यहाँ खटिएका एक ट्राफिक प्रहरी कर्मचारीले भन्नु भयो, एक छिन तपाईको गाडि पार्किङ्ग गर्नुहोस । पुनः केही मिनेटपछि त्यहा बसेका ट्राफिक प्रहरीले आएर हजारको पता दिनुहोस् जाने भए नत्र जान दिन्न भनेपछि पूनः हामी बबईबाट कोहलपुरतर्फ नै र्फकियौं ।’
उनले भने, त्यहाँ पुग्दा सोही दिनको भोलिपल्ट पनि अर्का एक ब्यक्तिले टेलिफोन सम्बादमा भनिरहेका थिए, ट्राफिक प्रहरीलाई मैले चिन्दिन उनले भने, तर यात्रुहरुले ट्राफिकलाई पैसा दिएपछि कोरोना नलाग्ने पैसा नदिएपछि कोरोना लाग्ने भन्ने काँही हुन्छ ?
‘म उदाहरण पात्र मात्र हुँ’ उनले भने, ‘म जस्तै हजारौ नागरिक यसरि ठगिदै आएका छन ।’ बबईमा कोहलपुरबाट गएका मानिसहरुलाई सुर्खेत जान मिल्छ तर गाडिलाई भने मिल्दैन । कोरोना मानिसमा हुन्छ की गाडिमा हुन्छ ? कोरोना त मानिसमा हुन्छ होला नी किन मानिसलाई जान दिइरहेको उनले थप प्रश्न गरे ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदय सिंह सिजापतीले यस्तो गलत कार्य गर्ने र मनपरी रुपमा पैसा उठाउने प्रहरीलाई बुझेर कावाही गर्ने बताए ।
सोही दिनमा कस्को डिउटी त्यहाँ परेको थियौ त्यसलाई छानविन गरेपछि कारवाहि गर्नेछौ, उनले
भने ।

तपाईको प्रतिक्रिया