कुन्दन काफ्ले भन्छन, केन्द्रीय सदस्यमा मेरो दाबी छ


काठमाडौँ, १४ साउन
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै कांग्रेस निकट नेता तथा कार्यकर्ताले आफ्नो उम्मेद्वारी कुन पदमा हुने भन्ने कुरा सार्वजनिक गरिरहेका छन् । १४ औं महाधिवेशन लागि नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले आफ्नो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहने दाबी गरेका छन् ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा महामन्त्री पदमा विजय हासिल गरेका कुन्दनराज काफ्लेले अब भातृसंगठनबाट केन्द्रीय राजनीति गर्ने निधो गरेका हुन् । महामन्त्री थापाले भनेका छन,कुन पदमा उठ्ने भन्नेबारे छलफल हुन्छ । यो घर जग्गा किने जस्तो सजिलो छैन । तर पनि मेरो उम्मेद्वारी केन्द्रीय सदस्यमा रहनेछ उनले भने ।
दोलखा जिल्ला स्थायी घर भएका काफ्ले विद्यार्थीको नेतृत्वका सम्बन्धमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एउटा समूह महाधिवेशनको माग गर्दै सभाापति शेर बहादुर देउवालाई घेराउ गर्न पुगेका थिए ।
काफ्ले कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थी नेता हुन् । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले नेतृत्व परिवर्तन गर्नु पर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया