बिसीले गरे साझा घरका बालबालिकालाई सहयोग


सुर्खेत ।
नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष गौतम बिसीले वीरेन्द्रनगर–९ स्थित रहेको साझा घर नेपालका १२ जना बालबालिकाहरुलाई कपडा सहयोग गरेका छन् ।
साझा घरमा रहेका १२ जना बालबालिकालाई एक–एक जोरका दरले कपडा सहयोग गरेका हुन् ।
बुधबार बिसीका भाई पुष्प बिसीले साझा घर नेपालका सेवक तपेन्द्र विकलाई कपडा हस्तान्त्रण गरेका छन।

विपन्न बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बिसीले बताए ।
विश्वभर महामारीका रुपममा फैलिएको कोरोना भाइरसको कारण सरकारले गरिएको लकडाउनमा विभिन्न ठाँउहरुमा समस्यमा परेका नागरिकहरुलाई स्वास्थ्य तथा खाद्यान्नका सामग्रीहरु समेत सहयोग गरेका थिए ।
साझा घर नेपालमा बालबालिका, महिला, जेष्ठ नागरिक, अपाङ्ग र असाहय गरी २५ जना बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया