एजेन्सी
हालै एक व्यक्तिको दुई गोरिल्लासँगको सेल्फी निकै भाइरल भइरहेको छ । भाइरल हुनुको कारण भने दुई गोरिल्ला रहेका छन् जसले फोटो खिच्ने बेला मानवले झैं ‘पोज’ दिइरहेका छन् ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको भिरुङ्गा नेशनल पार्कका कर्मचारीले उक्त फोटो खिचेर फेसबुकमा राखेका थिए जुन हेर्दाहेर्दा भाइरल भयो ।
‘अफिसमा अर्को दिन…’ म्याथ्यु सामाभुले फोटो पोस्ट गर्दै लेखे । यो फोटोलाई अहिलेसम्म २० हजार बढीले सेयर गरिसकेका छन् ।
गोरिल्ला डाकाजी र डेजे क्यामरा अगाडि निकै सहज तरिकाले ‘पोज’ दिइरहेका छन् । एउटाले खुट्टा फट्याएर शानका साथ उभिरहेको छ भने अर्कोले क्यामराको लेन्स अगाडि फर्किएर पोज दिइरहेको छ ।
‘यी गोरिल्ला गर्ल्स निकै चुलबुले छन् । उनीहरुको व्यक्तित्व झल्काउने यो उत्कृष्ट फोटो हो, ’ भिरुङ्गा नेशनल पार्कले आफ्नो इन्स्टाग्राममा लेखेको छ
‘र यी युवतीलाई दुई खुट्टामा उभिएको देख्दा अचम्म मान्नु पर्दैन किनभने उनीहरुलाई समय समयमा यसरी नै हिँड्न सहज लाग्छ,’ यसमा थपिएको छ ।
यो पार्कमा हजारवटा गोरिल्लाको बसोबास रहेको अनुमान गरिन्छ ।
यहाँ वन्यजन्तुको सुरक्षार्थ ६ सय रेन्जर्स खटिएका छन् ।
यहाँ थुप्रै रेन्जर्सको हत्या भएको छ जसमध्ये गतवर्ष दुई बेलायती नागरिक अपहरणमा परेका थिए ।
अर्का रेन्जर हाकिजिमाना सिनामेन्ये चाड्राकको हिप्पोको आक्रमणपछि मार्चमा मृत्यु भएको थियो ।
हनिमूनमा श्रीमानले गरे यस्तो व्यवहार, श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन
६१ वर्षको उमेरमा विवाह स् नातिनातिना जन्ती !
सबैलाई चकित बनाउन युवकले आफूलाई रुखमा बाँधे, निस्कन सकेनन्ः दुई वर्षपछि भेटियो कंकाल
गुगल अर्थमा ‘म्यारी मी’ लेखेर प्रस्ताव राखे, यसका लागि ७ हजार किमि यात्रा गरेः राखे विश्व रेकर्ड
यो हो फूटबल मैदानभन्दा लामो पखेटा भएको विमान, गरियो पहिलो परीक्षण उडान
भाग्यमानी बालिका स् ६ वर्षअघि चिठ्ठामा कार जितिन्, अहिले १० लाख डलर


दर्शन खबर । १२ बैशाख २०७६, बिहीबार